relans
ni new 83
nib 2082 5

म्याद नाघेको मैदा नष्ट

Janjati Khabar – जनजाति खबर | २०७६ मङ्सिर १०, मंगलबार

पाँचखाल नगरपालिका–४ तामाघाट समाजकल्याण चोकमा राजाराम श्रेष्ठले सञ्चालन गरेको माँ पलाञ्चोक भगवती धन्द्रे भीमसेन बेकरी उद्योगले प्रयोग गर्दै आएको म्याद गुज्रेका आठ हजार ५०० केजी १७० बोरा मैदा सोमबार नष्ट गरिएको छ । काभ्रेपलाञ्चोकका सहायक प्रमुख जिल्ला अधिकारी लक्ष्मीदेवी हुमागाईं नेतृत्वको टोलीले घरेलु तथा साना उद्योग कार्यालय धुलिखेलको परिसरमा खाल्डो खनेर मैदा पुरेको हो । हुमागाईंसहित घरेलु तथा साना उद्योग कार्यालय, खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय काभ्रेपलाञ्चोक, पाँचखाल नगरपालिका प्रतिनिधि र पाँखाल उद्योग वाणिज्य सङ्घको संयुक्त टोलीले गत कात्तिक ६ गते गरेको बजार अनुगमनका क्रममा सो उद्योगको गोदाममा म्याद नाघेका मैदा प्रयोग गरेको पाइएपछि बन्द गरिएको थियो । खाद्य प्रविधि डिभिजन कार्यालय काभ्रेपलाञ्चोकका प्रमुख शिव भण्डारीका अनुसार उत्पादन भएको मितिले ४५ दिनभित्र प्रयोग गर्नुपर्नेमा बेकरी उद्योगमा दुई महिनाभन्दा बढी मिति नाघेको १७० बोरा मैदा थिए । आठ हजार ५०० किलो मैदा अहिलेको बजारमूल्य अनुसार रु चार लाख २५ हजार बराबरको रहेको भण्डारीले बताउनुभयो । अनुगमन टोलीलगायत वडा नं ३ का वडाध्यक्ष सुन्दर अधिकारी, पाँचखाल उद्योग वाणिज्य सङ्घका अध्यक्ष राजन कार्की, उद्योगका प्रतिनिधि हरिकृष्ण श्रेष्ठ र राधाकृष्ण श्रेष्ठलगायतको रोहवरमा शिलबन्दी खोली नष्ट गरिएको घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख केशवप्रसाद पुडासैनीले बताउनुभयो ।
Categorized in राष्ट्रिय
ppp 2