relans
ni new 83
nib 2082 5

म्यानमार प्रदर्शनमा गोली लागी एक महिलाको मृत्यु

Janjati Khabar – एजेन्सी | २०७७ फाल्गुण ७, शुक्रबार

म्यानमार सेनाले कू मार्फत् सत्ता हत्याएपछि भएको प्रदर्शनमा सहभागी एक महिलाको सुरक्षाकर्मीको गोलीबाट मृत्यु भएको छ।

समाचार संस्था एएफपीका अनुसार २० वर्षीया ती महिलाको उपचारका क्रममा शुक्रबार मृत्यु भएको अस्पतालले जनाएको छ।

फेब्रुअरी १ मा सेनाले सत्ता लिएपछि प्रदर्शनकारीको मृत्यु भएको यो पहिलो पटक हो। ती महिलालाई अघिल्लो साता प्रदर्शनका क्रममा सुरक्षाकर्मीले चलाएको गोली लागेको थियो।

जननिर्वाचित सरकारलाई अपदस्त गरेर सेनाले सत्ता हत्याएपछि म्यानमारमा अचेल दिनदिनैजसो प्रदर्शनहरू भइरहेका छन्।

गत नोभेम्बरमा भएको चुनावमा धाँधली भएको भन्दै सेनाले नेशनल लिग फर डेमोक्रेसीको सरकार हटाएर सत्ता आफ्नो हातमा लिएको हो।

सेनाले एक वर्षभित्र चुनाव गर्ने भनेको छ। अन्तर्राष्ट्रिय समुदाय र देशभित्रकै शक्तिहरूले सैनिक कूको कडा विरोध गरेपछि सेनालाई दबाब परिरहेको छ।

Categorized in अन्तर्राष्ट्रिय
ppp 2