STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

यति विमान दुर्घटना : प्रधानमन्त्री र गृहमन्त्री विमानस्थलमा

Janjati Khabar – Janjati Khabar | २०७९ माघ १, आइतबार

काठमाडौं - प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पोखरामा भएको विमान दुर्घटनाबारे जानकारी लिएका छन् ।

उनले केही बेरअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रहेको उद्धार समन्वय केन्द्रसँग घटनाबारे विस्तृत विवरण लिएका हुन् ।

निरीक्षणका क्रममा प्रधानमन्त्रीले दुर्घटना हुनुको प्राविधिक र अन्य कारणबारे जानकारी लिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

विमानस्थलका कर्मचारीहरूले प्रधानमन्त्रीलाई घटनाबारे जानकारी गराएका थिए ।

प्रधानमन्त्रीले सरकारका सबै निकायलाई प्रभावकारीरूपमा उद्धारमा लाग्नु निर्देशन दिनुभएको छ । प्रधानमन्त्रीले आजै अपराह्न १ः३० बजे मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

निरीक्षणमा प्रधानमन्त्रीका साथै उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेलगायत सरकारी अधिकारीहरू थिए।

मन्त्रिपरिषदकाे आकस्मिक वैठक बाेलाइयाे

पोखरामा विमान दुर्घटना भएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाएका छन् । 

दुर्घटनाप्रति दुःख व्यक्त गर्दै प्रधानमन्त्री दाहालले प्रभावकारी उद्धारमा खटिन निर्देशन दिइसकेका छन् । लगत्तै उनले मन्त्रिपरिषद्काे आकस्मिक बैठक बोलाएका हुन् । 

प्रधानमन्त्री दाहाल आजका सबै औपचारिक कार्यक्रम रद्द गरी अवस्था बुझ्न त्रिभुवन विमानस्थलमा पुगेका उनको सचिवालयले जनाएको छ । 

प्रधानमन्त्री विमानस्थलबाट फर्केलगत्तै मन्त्रिपरिषद् बैठक बस्नेछ । 

Categorized in अपराध-दुर्घटना