STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

यी स्टार फुटबलरले युरोकप गुमाउने

Janjati Khabar – Janjati Khabar | २०८१ जेठ २७, आइतबार

काठमाडौं- यही जुन १४ बाट युरोप फुटबलको महाकुम्भ युरोकप सुरु हुँदैछ। जर्मनीमा हुने युरोकप-२०२४ मा युरोपका २४ देशले भाग लिँदै छन्।

युरोकप आउन अब एक सातामात्र बाँकी रहँदा धेरै उच्च प्रोफाइल फुटबलरले यस पटकको युरोकप गुमाउने भएका छन्। केही खेलाडीहरू चोट र निलम्बनका कारण तथा केही खेलाडीहरू राष्ट्रिय टिममा छनौट हुन नसकेका कारण युरोकपमा नदेखिने भएका हुन्। 

मिनी विश्वकप भनिने युरोकप गुमाउने सबै भन्दा ठुलो नाम बेल्जियमका चर्चित गोलकिपर थिबाउट कर्टिओस छन्। राष्ट्रिय टिमका प्रशिक्षकसँगको विवादका कारण उनी यस युरोकपमा देखिने छैनन्।

त्यस्तै स्पेनका मिडफिल्डर गाभीले पनि इन्जुरीका कारण यस युरोकप गुमाउने भएका छन्। त्यस्तै युरोकपको आयोजक रहेको जर्मनीका स्रेगी ग्नाब्रीले पनि इन्जुरीका कारण यस युरोकपमा नखेल्ने भएका छन्। उनी राष्ट्रिय टिममा कहिले फर्किन्छन भन्ने पनि अनिश्चित रहेको मिडिया रिपोर्टमा बताइएको छ।

त्यस्तै म्यानचेस्टर सिटीबाट खेल्ने स्टार मिडफिल्डर ज्याक ग्रीलिश पनि यस युरोकपमा नदेखिने भएका छन्। उनी इङ्ल्याण्डको टिममा पर्न असफल भएका छन्।

त्यस्तै जर्मनीका स्टार डिफेन्डर माट्स हुमेल्सले पनि युरोकपमा नखेल्ने भएका छन्। प्रशिक्षक जुलियन नागेल्सम्यानले हुमेल्सको सट्टा एन्टोनियो रुडीगेर र जोनाथन टाहलाई प्राथमिकता दिएपछि हुमेल्सले युरोकप गुमाउने भएका छन्।

यी बाहेक इङ्ल्याण्डका रिच जेम्स, मार्कस राशफोर्ड, ह्यारी माग्युरे, रहिम स्टरलिङ, जोर्डन हेन्डरसन, इटालीका सान्द्रो टोनाली, नेदरल्याण्ड्सका जुरिएन टिम्बर, इटालीका डोमेनिको बेरार्डीले यस पटकको युरोकप गुमाउने भएका छन्। 

त्यस्तै फ्रान्सका मिडफिल्डर पाउल पोग्वाले लागुऔषध प्रकरणमा डोपिङमा परेर प्रतिबन्ध झेलेपछि युरोकप गुमाएका छन्।

Categorized in खेलकुद