STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

यी हुन् राष्ट्रपतिसमक्ष सिफारिस भएका ६ अध्यादेश

Janjati Khabar – Janjati Khabar | २०८३ बैशाख १७, बिहिबार

काठमाडौँ - सरकारले ६ वटा अध्यादेश स्वीकृतिका लागि राष्ट्रपतिसमक्ष पेस गरेको छ। संवैधानिक परिषद्सम्बन्धी र सहकारी सम्बन्धी विधेयक सरकारले मंगलबार सिफारिस गरेको थियो । बाँकी ४ अध्यादेश भने बुधबार सिफारिस गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

राष्ट्रपतिसमक्ष सिफारिस भएका ६ अध्यादेश

१. संवैधानिक निकायका पदाधिकारीको नियुक्तिको सिफारिसका लागि बस्ने बैठक सम्बन्धी कार्यविधिलाई व्यवस्थित गर्ने उद्देश्यका साथ संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी ऐन, २०६६ लाई संशोधन गर्न अध्यादेश

२. सहकारी ऐन, २०७४ लाई संशोधन गर्न बनेको अध्यादेश३. विश्वविद्यालय र स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश

४. केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश (जसअन्तर्गत २० वटा ऐन संशोधन हुनेछन्। भूमि, जग्गा नापजाँच, मालपोत, शिक्षा, वन, स्वास्थ्य, निजामती र बिमा लगायतका कानुनमा देखिएका अवरोध हटाउने अध्यादेश)

५. सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धमा विशेष व्यवस्था गर्न बनेको अध्यादेश

६. सार्वजनिक खरिदलाई समयसापेक्ष बनाउने उद्देश्यसहित सार्वजनिक खरिद ऐन, २०६३ मा संशोधन गर्ने अध्यादेश

Categorized in राजनीति