STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

युनाइटेड नेवाःबाट कोभिड पीडितलाई सहयोग

Janjati Khabar – विजयरत्न असंबरे | २०७८ जेठ २५, मंगलबार

अमेरिकी राज्य टेक्सासको ड्यालस शहरका नेवारहरूको संगठन युनाइटेड नेवाः युएसएले कोभिद संक्रमणबाट ग्रसित विरामीहरूको निःशुल्क उपचारको लागि छत्रपाटी निःशुल्क चिकित्सालय (अस्पताल) लाई सहयोग स्वरुप रु. १५ लाख ६३ हजार ८७५ तका ९० पैसा प्रदान गरेको छ । हालै एक संक्षिप्त कार्यक्रमका बीच चिकित्सालयका अध्यक्ष डा. मनोजमान श्रेष्ठलाई उक्त रकमको चेक हस्तान्तरण गरिएको थियो ।

सहयोग हस्तान्तरण को क्रममा आफ्नो सन्देश दिँदै युनाइटेड नेवाः युएसएका अध्यक्ष महेन्द्र मानन्धरले नेपालका नेपाली दाजुभाई दिदीबहिनीहरूलाई युनाइटेड नेवाःको तर्फबाट सहयोग गर्ने माध्यमका रुपमा छत्रपाटी चिकित्सालयलाई उक्त रकम हस्तान्तरण गरिएको बताउनुभयो ।

त्यस्तै उपाध्यक्ष शैलेन्द्र मानन्धरले पूर्ण सेवाभावले सञ्चालित चिकित्सालयलाई उक्त रकम हस्तान्तरण गर्न पाउँदा हर्ष लागेको बताउँदै भविष्यमा पनि यस्तो सेवा गर्न प्रतिवद्धता व्यक्त गर्नुभयो । उहाँले चन्दा संकलन कार्यमा सहयोग गर्नुहुने संस्थाका सदस्यहरू सचिन्द्र शाक्य, रवि महर्जन, प्रज्वल महर्जन र नरेश महर्जनलाई पनि धन्यवाद दिनुभयो ।

Categorized in उपत्यका