STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

युरोकप २०२० - नेदरल्यान्ड, अस्ट्रिया र इंग्ल्यान्ड विजयी

Janjati Khabar – एजेन्सी | २०७८ जेठ ३१, सोमबार

युरोकप २०२० को समूह चरणका खेलहरु अन्तर्गत आइतबार भएका खेलहरुमा नेदरल्यान्ड, अस्ट्रिया र इ‌ंग्ल्यान्ड विजयी भएका छन् ।

समूह ‘सी’ अन्तर्गत युक्रेनविरुद्ध नेदरल्यान्डले संघर्षपूर्ण जित हासिल गरेको छ । आइतबार राति भएको खेलमा युक्रेनविरुद्ध नेदरल्यान्ड ३-२ ले विजयी भयो ।



पहिलो हाफ गोलरहीत बराबरीमा सकिएको खेलमा पाँचै गोल दोस्रो हाफमा भएका थिए । खेलको ५१औँ मिनेटमा नेदरल्यान्डका कप्तान जर्निनियो विचनल्डेमले पहिलो गोल गर्दै टिमलाई अग्रता दिलाए ।

यस्तै, खेलको ५८ औँ मिनेटमा नेदरल्यान्डका बाउट बेघोस्टले दोस्रो गोल गरे ।

दुई गोलले पछि परेको अवस्थामा पनि युक्रेनले नेदरल्यान्डमाथि दबाब कायमै राख्यो । खेलको ७५ औँ मिनेटमा एन्ड्रिय एर्मोलेन्कोले युक्रेनका लागि पहिलो गोल गर्दै खेललाई २-१ को स्थितिमा पुर्‍याए ।

खेलको ७९ औँ मिनेट युक्रेनले दोस्रो गोल गरेपछि खेल २-२ को स्थितिमा पुग्यो । नेदरल्यान्डका लागि दोस्रो गोल रोमन यारेम्चुकले गरेका थिए ।

नर्थ मेसेडोनियालाई अस्ट्रियाले हरायो

युरोकप फुटबल २०२० अन्तर्गत अस्ट्रियाले नर्थ मेसेडोनियालाई पराजित गरेको छ । आइतबार राति भएको खेलमा नर्थ मेसेडोनियालाई ३-१ गोलले पराजित गर्दै अस्ट्रिया विजयी भएको हो ।

अस्ट्रियाको जितमा स्टेफन लेनर, माइकल ग्रेगोरिट्स र मार्को अर्नाटोभिकले एक/एक गोल गरेका थिए ।

नर्थ मेसेडोनियाका गोरान पाण्डेभले एक गोल गरे पनि हार टार्न सकेनन् ।

खेलको १८औँ मिनेटमा स्टेफानको गोलको सहायताले अस्ट्रियाले अग्रता लिएको थियो । तर, २८औँ मिनेटमा नर्थ मेसेडोनियाका गोराखले बराबरी गोल फर्काए ।

७८औँ मिनेटमा अस्ट्रियाका माइकलले गोल गर्दै खेल २-१ को स्थितिमा पुर्‍याए । खेलको ९०औँ मिनेटमा अस्ट्रियाका मार्कोले गोल गरेपछि खेल ३-१ ले अस्ट्रियाको पक्षमा पुग्यो । जितसँगै अस्ट्रियाले ३ अंक पाएको छ ।

निर्णायक बन्यो स्टर्लिङको गोल

क्रोएसियालाई हराउँदै इंग्ल्याण्डले युरोकप २०२० मा विजयी सुरुवात गरेको छ ।  लण्डनस्थित वेम्ली रंगशालामा आइतबार साँझ भएको समूह ‘डी’ अन्तर्गतको खेलमा क्रोएसियालाई १–० गोल अन्तरले पराजित गर्दै इंग्ल्याण्डले विजयी सुरुवात गरेको हो ।

पहिलो हाफको छैटौं मिनेटमा फिल फोडेनको प्रहार पोस्टमा लागेर फर्किएपछि इंग्ल्याण्ड सुरुवाती अग्रता लिन चुकेको थियो ।

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा इंग्ल्याण्डका लागि ५७ औँ मिनेटमा रहिम स्टर्लिङले गरेको गोल नै निर्णायक बन्यो ।

स्टर्लिङले केभिन फिलिप्सको पासमा बललाई पोष्टको दिशा दिएका थिए । क्रोएसियाले केही सुन्दर मौका पाए पनि त्यसलाई सदुपयोग गर्न नसकेपछि हार ब्यहोर्न बाध्य भयो ।

जितसँगै इंग्ल्याण्डले महत्वपूर्ण तीन अंक जोड्दै समूह 'डी' को शीर्ष स्थान छ । पहिलो खेलमै हार ब्यहोरेको क्रोएसिया भने  समूहको पुछारमा छ ।

Categorized in खेलकुद