STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

युवाले शुरु गरे सामूहिक तरकारी खेती

Janjati Khabar – जनजाति खबर | २०७६ बैशाख २६, बिहिबार

म्याग्दीको बेनी नगरपालिका–२ बगरफाँटमा पाँच युवाले सामूहिक तरकारी खेती शुरु गरेका छन् । आठ रोपनी जग्गा भाडामा लिएर चार युवाले व्यावसायिक रुपमा तरकारी खेती शुरु गरेका हुन् । गणेश केसी, जगत बानियाँ, कृष्टि बानियाँ, मनोज कार्कीलगायतका युवाले ‘प्रगति स्वरोजगार कृषि उत्पादन केन्द्र’ स्थापना गरेका छन् । उनीहरूले रु १० लाख लगानी गरी शुरु गरेको कृषि उत्पादन केन्द्रमा अहिले गोलभेँडा, काँक्रो, खुर्सानी, सागलगायत तरकारी रोपिएकोे युवा कृषक गणेश केसीले बताउनुभयो । “हामी अहिले फरक फरक क्षेत्रका क्रियाशील युवा मिलेर कृषिमा हात हालेका छौँँ, कृषिमा सम्भावना देखेरै लगानी गरेका हौँ, अहिले शुरुआती चरणमा छाँै, यो व्यवसायलाई विस्तार गर्दै जाने हाम्रो योजना छ”,  उहाँले  भन्नुभयो । 
म्याग्दी खोलाको किनारमा रहेको जग्गालाई १५ वर्षसम्मका लागि भाडामा लिएका युवाले गोलभँेडा खेतीका लागि चारवटा टनेल निर्माण गरिसकेका छन् । तरकारी खेतीमा हाइटेक प्रविधि उपयोग गरि मौसमी तथा बेमौसमी तरकारी उत्पादन गर्ने योजनामा रहेको कृषक मनोज कार्कीले जानकारी दिनुभयो । तरकारी खेतीमा थोपा सिँचाइ र प्लाष्टिक छाप्रा बनाइएकोे छ । तरकारी खेतीसँगै माछापालन, फूलखेती, कुखुरापालनसमेत शुरु गर्ने तयारी गरिएको अर्का युवा कृषक जगत बानियाँले जानकारी दिनुभयो । कृषि प्राविधिकसमेत रहनुभएका बानियाँका अनुसार, भाडामा लिइएको जग्गालाई घेराबार गर्ने, माछापालन र कुखुरापालनका लागि पोखरी र खोर निर्माण गर्ने तयारी गरिएको छ । 
सो केन्द्रमा अहिले नियमित दुईदेखि चार जनाले रोजगारीको समेत अवसर पाएका छन् । सदरमुकाम बेनीदेखि नजिकै सञ्चालन गरिएको कृषि उत्पादन केन्द्रबाट उत्पादन हुने कृषिउपजलाई बजारीकरणको समस्या नरहेकाले युवाले शुरु गरेको खेती सफल हुने स्थानीय अगुवा क्याप्टेन मीनबहादुर कार्कीले बताउनुभयो । यस केन्द्रलाई कृषिउपज उत्पादनसँगै कृषक पाठशालाको रुपमा समेत विकास गर्ने योजना रहेको लगानीकर्ताहरूको भनाइ थियो । कृषि पेशामा युवाको आकर्षण बढाउनका लागि आफूहरुको कृषि उत्पादन केन्द्रलाई पाठशालाको रुपमा विकास गर्ने योजना वनाएको कृषक बानियाँले बताउनुभयो । उहाँले कृषि उत्पादन केन्द्रमा नयाँ अभ्यासका रुपमा मानवमूत्रलाई समेत मलको रुपमा प्रयोग गर्ने तयारी गरिएको छ । 
Categorized in राष्ट्रिय