STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

युवा जनशक्ति विदेश पलायन भएकोमा प्रदेशमन्त्री बसन्त मानन्धरको चिन्ता

Janjati Khabar – Janjati Khabar | २०७९ भाद्र ७, मंगलबार

बागमति प्रदेश सरकारका खानेपानी, ऊर्जा तथा सिंचाइ मन्त्री माननीय बसन्त मानन्धरले युवा जनशक्ति विदेश पलायन भएकोप्रति चिन्ता व्यक्त गर्दै  उनीहरुलाई स्वदेशमै आकर्षित गर्नुपर्नेमा जोड दिएका छन् । भक्तपुरको थिमिस्थित सिवा सायमि खलःले आयोजना गरेको नागरिक अभिनन्दन  कार्यक्रममा मन्त्री मानन्धरले सांस्कृतिक सेतुमार्फत युवाहरुलाई स्वदेशमै आकर्षित गर्नसकिने तर्क प्रस्तुत गरेका छन् । उनले सांस्कृतिक पर्यटनको विकास गरी युवा जमातलाई अर्थव्यवस्थासँग जोडेर रोजगारी सिर्जना गरी कला र संस्कृतिमा रमेका युवाहरुलाई स्वरोजगार बनाउन सकिने विचार पनि अगाडि सारे  । 

एउटा फरक सन्दर्भमा उहाँले भक्तपुर जिल्ला मानन्धर युवा संघसँगको समन्वयमा भक्तपुर चेम्बर अफ कमर्सले अगाडि सारेको तोरीको तेललाई ब्राण्ड बनाउने योजनालाई प्रशंसा  पनि गरे । मन्त्री मानन्धरले स्थानिय उत्पादनको रुपमा रहेको तोरीको तेल, जुजु धौ, कालो टोपी, चिउरा, लोकल रक्सी लगायतलाई प्रवद्र्धन गर्ने क्षेत्रमा आफ्नो साथ र समर्थन रहने समेत बताए । 

खलःले गत महिना सम्पन्न गरेको २४ औं साधारणसभा तथा ८ औं अधिवेशनमा घोषणा गरे बमोजिम मन्त्री मानन्धरलाई नागरिक अभिनन्दन  गरेको हो । खलःका अध्यक्ष मनोज लाल मानन्धरको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा भक्तपुर चेम्बर अफ कमर्सका अध्यक्ष तथा खलःका पूर्व अध्यक्ष न्हुछेरत्न मानन्धर, अष्टरत्न मानन्धर, कुमारलाल मानन्धर लगायतले आआफ्नो विचार पोखेका थिए । मध्यपुर थिमि नगरपालिकाको आ.व. २०७८–०७९ को वार्षिक विनियोजित बजेटबाट निर्माण सम्पन्न गरी गत असार मसान्तमा उद्घाटन गरेको लायकू साः सामुदायिक भवनमा मन्त्री मानन्धरलाई नागरिक अभिनन्दन  कार्यक्रम सम्पन्न गरेको हो ।

Categorized in उपत्यका