STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

योगशिक्षालाई विद्यालयस्तरमा राखिने

Janjati Khabar – जनजाति खबर | २०७६ जेठ १७, शुक्रबार

योग शिक्षालाई विद्यालयस्तरमा राखिने भएको छ । शिक्षा, विज्ञान र प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले योग विषयलाई सामुदायिक विद्यालयमा कार्यान्वयनमा ल्याउन पुस्तक छाप्ने काम भइरहेको जानकारी दिनुभयो । “नेपाल सरकारले योगलाई प्राथमिकतामा राखेको छ”, योग युनिभर्सिटी अफ अमेरिकाले बिहीबार आयोजना गरेको नेपाल–भारत योग प्रवद्र्वन कार्यक्रममा मन्त्री पोखरेलले भन्नुभयो । 
नेपालमा  चार वर्षदेखि  राष्ट्रिय र अन्तरराष्ट्रिय  गरी दुई पटक योग दिवस माघेसङ्क्रान्ति र २१ जुन मनाइँदै आएको छ । नेपालमा योगलाई योगा भन्दै आइएकाले शब्द उच्चारणमा ध्यान दिन पनि मन्त्री पोखरेलले सुझाव दिनुभयो । 
नेपाल–प्रज्ञा प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले केही समयपछि योगलाई प्राज्ञिक रुप दिइने जानकारी दिनुभयो । “नेपाललाई योगको प्रमुख थलोको रुपमा विकास गर्नुपर्छ”, उहाँले भन्नुभयो । सो अवसरमा भारतीय योगगुरु अरुणमल्लिदेव पादशान्तिले योगलाई विश्वस्तरमा प्रचारप्रसार र विस्तार गर्दै जाने बताउनुभयो । 
Categorized in राष्ट्रिय