यो संसद् आफूहरूको परीक्षाको केन्द्र : प्रधानमन्त्री दाहाल
Janjati Khabar – Janjati Khabar | २०७९ पौष २५, सोमबार
काठमाडाैं - प्रधामन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपाली जनताले जीवनमा सार्थक परिवर्तन ल्याउन सक्छौँ कि सक्दैनौँ भन्ने विषय नै अहिलेको पहिलो र महत्वपूर्ण विषय भएको बताएका छन्।
प्रतिनिधिसभाको पहिलो बैठकलाई सम्बोधन गर्दै उनले आफूहरु सबै जनताको निरन्तर निगरानीमा रहेकाले उनीहरुको जीवनमा सार्थक परिवर्तन ल्याउन लागिपर्नुपर्ने बताए । प्रधानमन्त्रीले समस्या केलाएर बस्ने छुट नभएको भन्दै समाधानको सूत्र खोज्नुपर्नेमा जोड दिए ।
प्रधानमन्त्री दाहालले जनताले असाधारण संकल्पको अपेक्षा गरेको बताउँदै यो संसद् आफूहरूको परीक्षाको केन्द्र भएको बताएका हुन् । मंसिर ४ गते भएको प्रतिनिधिसभा निर्वाचनपछि आज पहिलोपटक संसद् बैठक बसेको हो ।
Categorized in राजनीति

