STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

रकम अभावले इन्द्रजात्रा मनाउन समस्या

Janjati Khabar – जनजाति खबर | २०७६ भाद्र २६, बिहिबार

रकम अभावकै कारण इन्द्रजात्रा पर्व मनाउन समस्या हुँदै आएको छ । सरकार र महानगरले सीमित मात्रामा मात्रै बजेट निकासा गर्दा इन्द्रजात्रा सञ्चालनका लागि व्यक्तिगत रूपमा सहयोग माग्नुपर्छ । इन्द्रजात्रा व्यवस्थापन समितिका अध्यक्ष गौतम शाक्यले प्रत्येक वर्ष आफूहरुले सहयोग रकमबाटै जात्रा सञ्चालन गर्दै आएको बताउनुभयो । उहाँका अनुसार यस वर्षको जात्रा सञ्चालनका लागि सरकारबाट रु १४ लाख र काठमाडौँ महानगरपालिकाबाट रु १० लाख गरी रु २४ लाख सहयोग भएको छ । गुठी संस्थानले जात्राका लागि आवश्यक केही सामग्री मात्रै सहयोग गर्छ भने अन्य खर्च समिति आफैँले व्यवस्थापन गर्दै आएको छ । इन्द्रजात्रामा वसन्तपुर क्षेत्रका २९ गुठीले सहकार्य गर्दै आएका छन् । इन्द्रजात्रा भदौ २४ गतेदेखि शुरु भएको छ । वसन्तपुर क्षेत्रको तल्लो टोल र माथिल्लो टोलमा आठ दिनसम्म इन्द्रजात्रा मनाइन्छ । तल्लो टोलअन्तर्गत वसन्तपुरदेखि देब्रेपट्टि तथा माथिल्लो टोलभित्र दाहिनेतर्फका सबैजसो टोल पर्छन् । वसन्तपुर र आसपास क्षेत्रका कुमारी, गणेश, भैरव, लाखे आज, हल चोक, आकाश भैरव, पुलुकिसी आज, लाखेनाच, श्वेत भैरव, स्वच्छन्द भैरव, अशोक विनायक, दागी, किसिचा, कुमारी देवी, महाकालीलगायत गुठी एक भएर इन्द्रजात्रा पर्व व्यवस्थापनमा जुटेका छन् । अध्यक्ष कोष स्थापना सरकारले काठमाडौँ उपत्यकाको मुख्य जात्रामध्येमा पर्ने इन्द्रजात्रा व्यवस्थापनका लागि अक्षयकोषको स्थापना गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले तीनै तहको सरकारको सहभागिता रहने गरी रु पाँच करोडको कोष स्थापना गरेको जनाएको छ । मन्त्रालयले ‘इन्द्रजात्रा पर्व संरक्षण अक्षयकोष’ स्थापना गरिएको जनाएको छ । विज्ञप्तिअनुसार अक्षयकोषमा रहेको जम्मा रकमको ब्याजबाट वर्षेनी हुने जात्राको खर्च व्यवस्थापन हुनेछ । इन्द्रजात्रालगायत उक्त अवसरमा सञ्चालन हुने जात्रापर्वको सञ्चालन तथा व्यवस्थापन गर्नका लागि नेपाल सरकार ९मन्त्रिपरिषद्० को यही भदौ २२ गतेको बैठकले उक्त निर्णय गरेको थियो । उक्त कोषमा नेपाल सरकारबाट रु एक करोड ५० लाख, प्रदेश सरकार ९३ नं० बाट रु एक करोड, कामपाबाट रु दुई करोड र गुठी संस्थानबाट रु ५० लाख सहयोग रहेको छ । मन्त्रालयका प्रवक्ता घनश्याम उपाध्यायका अनुसार छिट्टै इन्द्रजात्रा व्यवस्थापन कोषमा उक्त रकम जम्मा गरिनेछ । उहाँका अनुसार यस वर्ष कोष स्थापना भएको र अर्को वर्षमा हुने जात्रा उक्त कोषको व्याज रकमबाटै व्यवस्थापन हुनेछ । उक्त कोषको सञ्चालन तथा व्यवस्थापनका लागि कामपा प्रमुखको अध्यक्षतामा समिति गठन गरिनेछ । समितिले प्रत्येक वर्ष इन्द्रजात्रामा हुने खर्चको बाँडफाँट गर्नेछ भने जात्राको सञ्चालन इन्द्रजात्रा व्यवस्थापन समितिले गर्नेछ । जात्रा सञ्चालनसम्बन्धी कार्यविधि भने कामपाबाट निर्धारण भएबमोजिम हुनेछ । अब रकम अभावले जात्रा सञ्चालन गर्न हुने समस्या समाधान हुनेछ ।
Categorized in राष्ट्रिय