रञ्जिता र सीके राउतले दिइन् सांसद पदबाट राजीनामा
Janjati Khabar – Janjati Khabar | २०८२ भाद्र २५, बुधबार
काठमाडौं - नागरिक उन्मुक्ति पार्टी (नाउपा)की अध्यक्ष रञ्जिता श्रेष्ठले सांसद पदबाट राजीनामा दिएकी छन् ।
मंगलबार उनले राजीनामा घोषणा गर्दै ‘जेनजी’को प्रदर्शनप्रति ऐक्यबद्धता जनाएकी छन् ।
उनले लेखेकी छन्, “उनीहरूको आन्दोलनप्रति ऐक्यबद्धता केवल शब्दमा सीमित नरहोस भन्ने गम्भीर जिम्मेवारीको अनुभूति गर्दै म आजको मितिबाट प्रतिनिधिसभा सदस्य पदबाट राजीनामा दिएको जानकारी गराउँदछु,” ।
सीके राउतले दिए प्रतिनिधि सभाको सदस्यबाट राजीनामा
यसैगरी जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा. सीके राउतले प्रतिनिधि सभाको सदस्य पदबाट राजीनामा दिएका छन्।
सभामुखलाई सम्बोधन गरेर लेखिएको राजीनामा पत्रमा उनले देशमा जारी आन्दोलन र वर्तमान अवस्थालाई नौलो गणतन्त्रले मात्रै सम्बोधन गर्न सक्ने भन्दै सोको स्थापनाका लागि आफ्नो पद त्यागेको स्पष्ट पारेका छन्।
डा. राउतले विगतमा पटक–पटक मन्त्री र उपप्रधानमन्त्री बन्ने अवसर आउँदा पनि पदको लालच नराखी जनतासँग उभिएको स्मरण गराएका छन्।
Categorized in राजनीति

