रणवीर कपुरकाे बीग बजेट रामायण मा नेपाल देखिने
Janjati Khabar – विजयरत्न असंबरे | २०८२ फाल्गुण १४, बिहिबार
बलिउड सुपर स्टार रणवीर कपुरले त्रेता युगको भगवान् रामकाे भुमिका निर्वाह गरेकाे भारतकाे अहिले सम्मकाे सर्वाधिक बजेट काे चलचित्र " रामायण " काृ चर्चा अहिले चर्किन थालेको छ । नितेश तिवारी काे निर्देशनमा बन्दै गरेको याे चलचित्र काे कुल लागत एक हजार करोड भारतीय रुपैयाँ रहेको बताइएको छ । युवा पुस्ताका लाेकप्रिय नायक रणवीर कपुरले भगवान रामकाे भुमिका मा अभिनय गरेको यश चलचित्रमा दक्षिण भारत का ख्यातिप्राप्त नायिका सई पल्लवीले सिता काे भुमिका निर्वाह गर्दै छिन् भने दक्षिण भारत कै सुविख्यात अभिनेता यश ले रावण र रबि दुबेले लक्ष्मण अनि शनि देवलले बजरंगबलि हनुमान काे भुमिका मा अभिनय गर्दैछन् ।
अत्यन्तै लाेकप्रिय मानिएको दक्षिण भारतीय चलचित्र केजिएफ का नायक यश विशेष गरेर सकारात्मक पात्रका रुपमा ख्यातिप्राप्त अभिनेता हुन् भने रामायण चलचित्रमा उनी रावण का देखिने भएका छन् । उनको छविलाई ध्यान मा राखेर रावणकाे भुमिका लाई नेगेटिभ हिराेका प्रस्तुत गर्न लागिएको यश चलचित्रमा हनुमान काे रुपमा देखिने शनि देवलकाे छविलाई ध्यान मा राखेर केही परिवर्तन गरिएको बताइन्छ ।
चलचित्र मा सीता जन्म भुमि काे रुपमा मिथिलान्चल अर्थात जनकपुर पनि देखाइने भएकाे छ भने यसको लागि भि एफ एक्स काे माध्यम बाट दृश्य तयार पारिएको अनुमान गरिएको छ । अहिले प्रचारप्रसार मा ल्याइएको रामायण काे ट्रेलरमा देखिएको दृश्यमा प्रयुक्त दृश्यमा नेपालमा प्रचलित पेगाेडा शैलीको मन्दिर देखिनु ले पनि रामायण चलचित्रमा नेपाल देखिने कुराकाे अहिले चर्चा चल्न थालेकाे छ । याे चलचित्र आगामी वर्षको तिहार दिपावलिकाे अवसरमा रिलिज गरिने याेजना रहेको छ ।
Categorized in सिनेमा

