रविन्द्र मिश्र र धवलशमशेर जबरा पक्राउ, नवराज सुवेदी घरमै नजरबन्द
Janjati Khabar – Janjati Khabar | २०८१ चैत्र १५, शुक्रबार
काठमाडौं - राप्रपाका नेताद्वय रविन्द्र मिश्र र धवलशमशेर जबरा पक्राउ परेका छन् ।
उनीहरुलाई काठमाडौंबाट पक्राउ गरिएको हो । शुक्रबार काठमाडौंको तीनकुनेमा उपस्थित भएर हिंसात्मक आन्दोलन गरेको आरोपमा उनीहरु पक्राउ परेका हुन् ।
मिश्रले यसअघि पनि पटक पटक मुलुक बंगलादेश, सिरिया बन्ने गम्भीर अभिव्यक्ति दिँदै आएका थिए ।
प्रहरी परिसरका एक उच्च अधिकारीले दिएको जानकारीअनुसार पक्राउ पर्नेमा स्वागत नेपाल पनि रहेका छन् ।
उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेर उनीहरुलाई टेकुमा राखिएको छ ।
ती प्रहरी अधिकारीले दिएको जानकारीअनुसार राजसंस्था पुनःस्थापना संघर्ष समितिका संयोजक नवराज सुवेदीलाई घरमै नजरबन्दमा राखिएको छ ।
सुवेदी शुक्रबार दिउँसो तीनकुनेमा भएको आन्दोलनमा सम्बोधन गर्न पुगेका थिए । मिश्र र राणाले भीडलाई त्यहीँबाट उत्तेजित पार्ने काम गरेको प्रहरीका ती अधिकारीको दाबी छ ।
Categorized in राजनीति

