STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

रवि लामिछानेको पद खारेजी माग्दै निर्वाचन आयोगमा निवेदन

Janjati Khabar – Janjati Khabar | २०७९ मङ्सिर १९, सोमबार

काठमाडौं - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको सभापति पद र साधारण सदस्यता तत्काल खारेज गर्न माग गर्दै निर्वाचन आयोगमा निवेदन परेको छ ।

समाजवादी केन्द्र नेपालका सर्वोच्च नेता युवराज पौडेल ‘सफल’ले सोमबार आयोगमा दिएको निवेदनमा कानूनी व्यवस्था विपरित लामिछानेको नेतृत्वमा रास्वपा दर्ता भएको र तत्काल सभापति पद र साधारण सदस्यता खारेज गर्न माग गरिएको छ ।

निवेदनमा भनिएको छ, ‘नेपाली नागरिकता नै नभएका रबि लामिछानेलाई उक्त दलको सभापतिको मान्यता दिन एवम् सो दलको साधारण सदस्यता समेतको मान्यता दिन नमिल्ने भएको हुँदा निजको सभापतित्व र साधारण सदस्यता निर्वाचन आयोगले खारेज गर्न वा सो गर्न गराउन राष्ट्रिय स्वतन्त्र पार्टीलाई निर्देशन दिई निज रबि लामिछानेको उक्त दलको सभापति पद र साधारण सदस्यता तत्कालै खारेज गरी पाउन म श्रीमान समक्ष निम्न बुंँदामा निबेदन गर्दछु ।’

गृह मन्त्रालयमा लामिछानेको नागरिकता विषयमा उजुरी परेपछि उक्त उजुरी मन्त्रालयले दर्ता गर्दै लामिछानेले नागरिकता लिएको विषयमा जिल्ला प्रशासन कार्यालय काठमाडौंलाई छानबिनका लागि पत्र पठाएको थियो । जिल्ला प्रशासन कार्यालय काठमाडौंले मन्त्रालयमार्फत पत्र पाएपछि यस विषयमा विस्तृत अनुसन्धान गर्न जिल्ला प्रहरी परिसर काठमाडौंलाई पत्र

यससँगै जिल्ला प्रहरी परिसरले लामिछानेको नागरिकता विवाद विषयमा छानबिन गरिरहेको छ । जिल्ला प्रहरी परिसर काठमाडौंले जिल्ला प्रशासन कार्यालय काठमाडौंलाई पुनः पत्रमार्फत् लामिछानेको नागरिकता त्याग र प्राप्तिसम्बन्धी पनि कागजात पनि मगाएको छ । यसका साथै काठमाडौंस्थित अमेरिकी दूतावासलाई परराष्ट्र मन्त्रालयमार्फत पत्र पठाएर लामिछानेले अमेरिकी नागरिकता पाएको मिति र परित्याग गरेको मिति भए खुलाएर पठाउन पनि भनेको छ । यदि नागरिकता विवादमा लामिछाने दोषी ठहरिएको खण्डमा कारबाहीका साथै जेल सजायसमेत हुने कानुनी व्यवस्था रहेको छ ।

Categorized in राजनीति