STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

रवि लामिछानेको प्रतिनिधिसभा सदस्य पद खारेजीकाे माग गर्दै सर्वोच्चमा रिट

Janjati Khabar – Janjati Khabar | २०७९ मङ्सिर २८, बुधबार

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको छ । उनको प्रतिनिधिसभा सदस्य पद खारेज गर्न माग गर्दै सर्वोच्चमा रिट दायर भएको हो ।

लामिछानेले अमेरिकी नागरिकता लिएपछि नेपाली नागरिकता कायम नरहेको अवस्थामा पदाधिकारी रही दल दर्ता गरेको, उम्मेदवारी दिएको र निर्वाचित भएकाले संविधान र ऐनको गम्भीर उल्लंघन भएको दाबी रिटमा गरिएको छ ।

लामिछानेविरुद्ध युवराज सफलले रिट दायर गरेका हुन् । रिटमा लामिछाने, राष्ट्रिय स्वतन्त्र पार्टी, निर्वाचन आयोग, संघीय संसद् र जिल्ला प्रशासन कार्यालय काठमाडौंलाई विपक्षी बनाइएको छ ।

Categorized in राजनीति