STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

राजमानको नेतृत्वमा खपिन्छेँ टोल सुधार समिति

Janjati Khabar – विजयरत्न असंबरे | २०७७ फाल्गुण ३, सोमबार

खपिन्छेँ टोल सुधार समितिको अधिवेशनले राजमान अवालेको नेतृत्वमा ७ सदस्यीय नयाँ कार्यसमिति निर्विरोध चयन गरेको छ । ललितपुरको ऐतिहासिक बस्ती मानिने  खपिन्छेँ टोल सुधारको जिम्मेवारी राजमान अवालेको काँधमा आएको छ ।

निर्विरोध निर्वाचित नयाँ कार्यसमितिको उपाध्यक्षमा तुल्सी महर्जन र सचिवमा नेपालभाषाको कलाकारिता क्षेत्रका लोकप्रिय गायक तथा अभिनेता सुरज ब्यञ्जनकार रहनुभएको छ ।

यस्तै गरी  कोषाध्यक्षमा राजकुमार महर्जन, सहकोषाध्यक्षमा ज्ञानेन्द्र महर्जन अनि हरि महर्जन र रत्नपाल अवाले सदस्यमा निर्वाचित भएका छन् ।

कार्यक्रमको उद्घाटन सत्रमा साबिक अध्यक्ष सुरेन्द्र अवालेले आफ्नो कार्यकालको अनुभव सुनाउँदै नयाँ कार्यसमितिको सफलताको शुभकामना दिनुभयो ।

सोही कार्यक्रममा ललितपुर उद्योग वाणिज्य संघको सदस्यमा निर्वाचित हुनु भएका  टोल सुधार समितिको निर्वाचन कमिटीका संयोजक आपुलाल अवालेलाई सम्मान गरिएको थियो भने समितिका नवनिर्वाचित अध्यक्ष राजमान अवालेले सामाजिक भावना र एकता नै आजको आवश्यकता भएकोमा जोड दिँदै टोलको सुधारको लागि लागिपर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

Categorized in उपत्यका