STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

राजीनामा दिएका प्रधानमन्त्रीसहित अधिकांश मन्त्रीहरू सेनाको सुरक्षामा

Janjati Khabar – Janjati Khabar | २०८२ भाद्र २४, मंगलबार

काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओली सेनाको सुरक्षामा सरकारी निवास बालुवाटारबाट निस्केको सुरक्षा स्रोतले पुष्टि गरेको छ ।

अहिले प्रधानमन्त्रीसहित अधिकांश मन्त्रीहरू र केही शीर्ष नेता नेपाली सेनाको सुरक्षामा अज्ञात स्थानमा रहेको स्रोतले जनाएको छ ।

भैंसेपाटी निवासबाट हेलिकप्टरबाट उद्धार गरिएका उपप्रधानमन्त्री विष्णु पौडेलसहित अधिकांश मन्त्रीहरू सेनाकै सुरक्षामा छन् । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवादम्पती भने घरमै रहेकाले आगजनीका कारण निस्कन नसकेपछि आन्दोलनकारीको आक्रमणमा परेको सेनाले जनाएको छ ।

परिस्थितिको विश्लेषण गरेर सुरक्षाका थप कदम चालिने सैनिक प्रवक्ताले बताएका छन् ।

Categorized in राष्ट्रिय