STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

राजेन्द्र डंगोलको निर्देशनमा सज्जु मानन्धरको म्युजिक भिडियो सार्वजनिक

Janjati Khabar – विजयरत्न असंबरे | २०७८ भाद्र ३०, बुधबार

नेपालभाषाका  रेडियोकर्मी तथा अभिनेता राजेन्द्र डंगोलको निर्देशनमा नयाँ गीतको भिडियो रिलिज भएको छ। सज्जु मानन्धरको गायन रहेको "ख्वाःछंगु गुली बाँला"अर्थात अनुहार तिम्रो कति राम्रो बोलको गीतको भिडियो ललितपुरको एम्बियन्स365 पुलचोक नःटोलमा आयोजित कार्यक्रममा सार्वजनिक भएको हो।

काठमाडौं महानगरपालिका वडा नंबर १३ का पूर्व वडा सदस्य दिलबहादुर मानन्धरले स्वीचअन गरेर सार्वजनिक गरेको भिडियोमा बिन्दे महर्जन र बर्षा महर्जनको  अभिनय रहेको छ।  सुनिल ताम्राकारले सम्पादन  गरेको यस गीतको भिडियो का निर्देशक र छायाँकार राजेन्द्र डंगोल हुन् भने यस गीतका गीतकार राजु मानन्धर (अष्ट्रेलिया) र संगीतकार ख्यातिप्राप्त संगीतकार जुगल डंगोल हुन् ।

म्युजिक भिडियो सार्वजनिक कार्यक्रममा गीतको भिडियोको समालोचना नेपालभाषाका चर्चित पत्रकार दर्शनबीर शाक्यले गरेका थिए।  नेपालभाषाका प्रथम चलचित्र पत्रकार एवम्  नेपालभाषा म्युजिक भिडियोका समेत  प्रथम निर्देशक विजयरत्न तुलाधरले  सो कार्यक्रममा   शुभेच्छा मन्तव्य व्यक्त गरेका थिए।

निर्देशक राजेन्द्र डंगोलले भिडियो निर्माण तथा निर्देशनको बेलाको अनुभव र अनुभुति सुनाएका थिए। अष्ट्रेलियाबाट भर्चुअल प्रविधि मार्फत गीतकार राजु मानन्धरले  सबै प्रति धन्यवाद तथा आभार व्यक्त गरेका थिए।

Categorized in साहित्य-कला