STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

रातको समयमा काठमाडौं प्रवेशमा रोक

Janjati Khabar – जनजाति खबर | २०७७ श्रावण १५, बिहिबार

काठमाडौं – गृह मन्त्रालयले रातको समयमा काठमाडौं प्रवेशमा रोक लगाएको छ । गृह मन्त्रालयले १५ साउनबाटै लागू हुने गरी साँझ ७ बजेदेखि विहान ७ बजेसम्म उपत्यका प्रवेशमा रोक लगाएको छ। ठूलाे संख्यामा यात्रुहरुमा काेभिड–१९ पाेजेटिभ पाइएकाेले नाकाहरुकाे आवागमनमा पूर्ण निगरानीका साथ चेकजाँचकाे आवश्यक व्यवस्था हुन अर्काे आदेश नभएसङ्गम अत्यावश्यक र ढुवानीबाहेक अन्य आवागमन पूर्ण रुपमा बन्द गरिएकाे गृहले एक प्रेस विज्ञप्ति जारी गरी जनाएकाे छ । काठमाडौं उपत्यका प्रवेश गर्ने तीन वटा नाकाबाट परीक्षण गरिएकामध्ये २४ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले थानकोट, फर्पिङ र साँगाबाट संकलन गरिएको स्वाब परीक्षण गर्दा २४ जनामा संक्रमण पुष्टि भएको जानकारी दिए।
Categorized in उपत्यका