STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

राप्रपा सरकारमा सहभागी हुने

Janjati Khabar – Janjati Khabar | २०७९ पौष १३, बुधबार

 

काठमाडौं - अन्ततः राष्ट्रिय प्रजातन्त्रत्र पार्टी (राप्रपा) संघ र प्रदेश गरी दुवैतर्फको सरकारमा सहभागी हुने भएको छ । बुधबार पार्टी कार्यालय धुम्बाराहीमा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले संघ र प्रदेश दुवैतर्फको सरकारमा सहभागी हुने निर्णय गरेको प्रवक्ता मोहन श्रेष्ठले बताए ।

दुवैतर्फको सरकारमा भाग लिने निर्णयसँगै सरकारमा जानुअघि सरकारको न्यूनतम् साझा कार्यक्रमलाई कुर्ने पनि निर्णय भएको उनले बताए । केही दिनभित्रै सरकारले न्यूनतम् साझा कार्यक्रम ल्याउने र त्यसपछि सरकारमा राप्रपा सहभागी हुने निर्णय भएको छ ।

बैठकमा केहीले तत्काल सरकारमा सहभागी नहुने भने पनि ९० प्रतिशत नेताले सरकारमा सहभागी हुनुपर्ने धारणा राखेका थिए । बुधबारको लामो छलफलमा सरकारमा जान चाहने नेताहरुले सरकारमा सहभागी भएर आफ्नो एजेण्डा स्थापित गर्नुपर्ने पनि सुझाव दिएका थिए ।

बैठकमा पुस २७ गते पृथ्वी जयन्तीलाई राष्ट्रिय एकता दिवसका रुपमा मनाइनुपर्ने, पृथ्वीनारायण शाहको तस्वीर अंकित नोट सार्वजनिक गर्नुपर्ने र उक्त दिन सार्वजनिक बिदासमेत दिइनुपर्ने माग पनि राखिएको छ ।

Categorized in राजनीति