STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

राष्ट्रकवि माधवप्रसाद घिमिरेको निधन

Janjati Khabar – जनजाति खबर | २०७७ भाद्र २, मंगलबार

काठमाडौं – राष्ट्रकवि माधवप्रसाद घिमिरेको १०१ वर्षको उमेरमा निधन भएको छ । मंगलबार साँझ ५ बजेर ५५ मिनेटमा घरमै निधन भएको पारिावरिक स्राेतले जनाएको छ । उनी लम्जुङको पुस्तुन गाउँमा १९७६ साल असोज ७ गते जन्मिएका थिए । घिमिरेले २०५४ सालमा ‘हिमालपारि हिमालवारि’ र २०५८ सालमा ‘चारु चर्चा’ कृतिका लागि साझा पुरस्कार प्राप्त गरेका थिए । त्यस्तै २०६७ सालमा पद्मश्री साधना सम्मान पुरस्कार प्राप्त गरेका थिए । घिमिरे स्वच्छन्दतावादी भावधारा र परिष्कारवादी शैली अपनाएर साहित्य सिर्जना गर्ने साहित्यकारका रूपमा चिनिन्छन् । उनले कविता, खण्डकाव्य, गीतिनाटक, कथा, अनुवाद लेख-प्रबन्धजस्ता अनेकौं विधा-उपविधाहरूमा सिर्जना दिँदै आइरहेका छन् । घिमिरेका नव मञ्जरी, गौरी (शोककाव्य), मालती मङ्गले,(गीतिनाटक), हिमालपारि हिमालवारि (गीतिनाटक), राजेश्वरी, इन्द्रकुमारी, राष्ट्रनिर्माता, किन्नर-किन्नरी (गीतसङ्ग्रह), चारु चर्चा (निबन्ध), आफ्नो बाँसुरी आफ्नै गीत (निबन्ध) लगायतका कृति चर्चित छन् ।
Categorized in सिनेमा