STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

राष्ट्रपतिले गरे पाटनस्थित कृष्ण मन्दिरको दर्शन

Janjati Khabar – Janjati Khabar | २०८० भाद्र २१, बिहिबार

काठमाडौं - राष्ट्रपति रामचन्द्र पौडेलले श्रीकृष्ण जन्माष्टमीका अवसरमा पाटनस्थित कृष्ण मन्दिर गई भगवान् श्रीकृष्णको पूजा एवं दर्शन गरेका छन् ।

प्रत्येक वर्ष भाद्र कृष्णाष्टमी अर्थात् आजका दिन राष्ट्राध्यक्षले पाटन कृष्ण मन्दिरमा पूजा एवं दर्शन गर्ने परम्परा रहिआएको छ । सो अवसरमा राष्ट्रपति पौडेलले मन्दिरका पुजारीबाट फूल एवं प्रसाद ग्रहण गरेका छन् ।

सोही अवसरमा राष्ट्रपति पौडेलले पाटन दरबार क्षेत्रका सांस्कृतिक सम्पदाको अभिरुचिपूर्वक अवलोकनसमेत गरेका छन् ।

विश्व सम्पदा सूचीमा सूचीकृत पाटन दरबार क्षेत्रमा भ्रमणका लागि स्वदेशीका साथै विदेशी पर्यटकको पनि दैनिक भीड लाग्ने गर्छ ।

Categorized in राष्ट्रिय