STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

राष्ट्रपतिसँग नेकपा अध्यक्षद्धयको भेट

Janjati Khabar – जनजाति खबर | २०७७ श्रावण ४, आइतबार

काठमाडौँ : राष्ट्रपति विद्यादेवी भण्डारीसँग प्रधान शनिबारआज साँझ भेटवार्ता गर्नुभएको छ । पार्टीको सचिवालय बैठक सकिएलगत्तै अध्यक्षद्वयले राष्ट्रपति भवन शीतलनिवास पुगेर भेटघाट गर्नुभएको हो । भेटवार्ताका क्रममा मुलुकको समसामयिक विषयमा छलफल भएको जनाइएको छ । नेकपाको शीर्ष तहमा देखिएको विवाद समाधानका लागि छलफल जारी रहेका बेला आज सचिवालय बैठकसमेत बसेको थियो । सचिवालय बैठक सङ्कट समाधानका लागि सकारात्मक दिशातर्फ अघि बढेको जनाइएको छ । नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले बैठकले पार्टीमा देखिएको सङ्कट समाधान गर्न छलफल जारी राख्ने निष्कर्ष निकालेको जानकारी दिनुभएको छ । शीर्ष नेताबीच सरकार र पार्टी सञ्चालनका विषयमा एकमत नहुँदा यसअघि पटकपटक स्थायी कमिटी बैठक स्थगन हुँदै आएको छ ।
Categorized in राजनीति