STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

राष्ट्रपतिसँग भारतीय विदेशमन्त्रीको शिष्टाचार भेट

Janjati Khabar – जनजाति खबर | २०७६ भाद्र ५, बिहिबार

राष्ट्रपति विद्यादेवी भण्डारीसँग नेपालको भ्रमणमा रहनुभएका भारतका बाह्य मामिलामन्त्री सुव्रमण्यम जयशङ्करले आज राष्ट्रपति कार्यालय शीतल निवासमा शिष्टाचार भेट गर्नुभयो । त्यस अवसरमा नेपाल–भारत सम्बन्धका साथै पारस्परिकहित र चासोका विविध विषयमा विचारविमर्श भएको थियो । भेटमा भारतका लागि नेपाली राजदूत नीलाम्बर आचार्य, परराष्ट्र मन्त्रालयका सचिव शङ्करदास वैरागी, राष्ट्रपति कार्यालयका सचिव हरि पौडेल र नेपालका लागि भारतका राजदूत मञ्जीभसिंह पुरीको उपस्थिति थियो ।
Categorized in राष्ट्रिय