राष्ट्रपति पौडेलकाे चाहना- आफ्नो उपचारको खर्च आफैंले व्यहोर्ने
Janjati Khabar – Janjati Khabar | २०८० बैशाख १९, मंगलबार
काठमाडौं - राष्ट्रपति रामचन्द्र पौडेलले भारतमा गरेको आफ्नो उपचारको खर्च आफैंले व्यहोर्न चाहेका छन् । राष्ट्रपतिका प्रेस संयोजक खिला कार्कीले मंगलबार एक प्रेस नोट जारी गर्दै भारतमा भएको उपचार खर्च राष्ट्रपति पौडेलले ब्यहोर्न चाहेको बताएका छन् ।
उनले प्रेस नोटमा लेखेका छन्,‘उपचारका क्रममा भएको उपचार खर्च सम्माननीय राष्ट्रपतिज्यू स्वयंले ब्यहोर्न चाहेको कुरा जानकारीका लागि अवगत गराइन्छ ।’
राष्ट्रपति पौडेलको स्वास्थ्यमा समस्या देखिएपछि त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल हुँदै भारतको नयाँ दिल्लीस्थित अखिल भारतीय आयुर्विज्ञान संस्थान (एम्स) मा उपचार भएको थियो ।
राष्ट्रपति पौडेल ११ दिन उपचार गराएर आइतबार राति स्वदेश फर्किएका थिए । उनको उपचारमा सरकारी ढुकुटीको रकम खर्च हुन नहुने भन्दै कांग्रेस महामन्त्री गगन थापाले समेत जोड दिएका थिए ।
Categorized in राष्ट्रिय

