STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

राष्ट्रपति भेट्न बहुमत सांसदको हस्ताक्षरसहित विपक्षी नेताहरु शीतल निवासतर्फ

Janjati Khabar – Janjati Khabar | २०७८ जेठ ७, शुक्रबार

काठमाडौं - बहुमत सांसदको हस्ताक्षरसहित विपक्षी गठबन्धनका नेताहरु शीतल निवास लागेका छन् ।

संविधानको धारा ७६(५) अनुसार सरकारको दावी गर्न काँग्रेस, माओवादी केन्द्र, जसपा र एमालेको माधव कुमार नेपाल पक्षका नेताहरु दावी पेश गर्नका लागि शीतल निवास लागेका हुन् ।

विपक्षी गठबन्धनले राष्ट्रपतिको आह्वानअनुसार सरकार गठनका लागि १४९ जना सांसदको हस्ताक्षर जुटाएको दावी गरेका छन् ।

कांग्रेसका ६१, माओवादी केन्द्रका ४९ –(एक स्वतन्त्रसहित), माधव नेपाल पक्षका २७ र जसपाका १२ सांसदले हस्ताक्षर गरेका छन् ।

Categorized in राजनीति