STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

राष्ट्रियसभाको बैठक ७ असोजसम्मका लागि स्थगित

Janjati Khabar – Janjati Khabar | २०७८ आश्विन ५, मंगलबार

राष्ट्रियसभाको बैठक ७ असोजसम्मका लागि स्थगित भएको छ । 

मंगलबार बसेको दोस्रो बैठकमा अर्थमन्त्री जनार्दन शर्माले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त भएको विनियोजन विधेयक विचार गरियोस् भन्ने प्रस्ताव पेस गरेका थिए ।

प्रस्तावमाथि कुनै पनि सांसदले छलफलमा भाग नलिएपछि प्रस्तावलाई राष्ट्रियसभा बैठकले बहुमतले पारित गरेको थियो । अब मन्त्रालयगत छलफलका लागि २०७८ असोज ७ का लागि बैठक बोलाइएको छ । एमाले सांसदहरूको अवरोधका बीच राष्ट्रियसभा बैठक कार्यसूची अनुसार अघि बढाइएको थियो ।

राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिनाले अवरोधका बीच बैठक चलाउन बाध्यता भएको बताएका थिए । राष्ट्रियसभाबाट विनियोजन विधेयक पास नभएसम्म र राष्ट्रपतिले प्रतिस्थापन विधेयक प्रमाणीकरण नगरेसम्म सरकार खर्चबिहीन भएको छ । 

Categorized in राजनीति