STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

राष्ट्रियसभा बैठक स्थगित

Janjati Khabar – जनजाति खबर | २०७६ जेठ २७, सोमबार

राष्ट्रियसभाको आजको बैठक १५ मिनेटका लागि स्थगित भएको छ । बिहान ११ः१० बजे शुरु भएको बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सांसदहरुले बैठक शुरु हुनासाथ उठेर विरोध जनाएपछि अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले १५ मिनेटका लागि बैठक स्थगित गर्नुभएको हो । 
नेवा राजनीतिक अभियान तथा नेवा गुठी सङ्घसंस्थाले गुठीसम्बन्धी कानूनलाई एकीकरण र संशोधन गर्न बनेको विधेयक, २०७५ को खारेज गर्नुपर्ने माग गर्दै आइतबार माइतीघर मण्डलामा आयोजना गरेको शान्तिपूर्ण विरोध प्रदर्शनमा प्रहरी प्रशासनले धरपकड तथा लाठी प्रहार गरेको भन्दै सो विषयमा सरकारसँग स्पष्ट जवाफको माग गर्दै सांसदहरुले राष्ट्रियसभाको बैठकमा अवरोध गरेपछि स्थगित भएको हो ।  
   सभामा नेपाली काँग्रेसका सांसद बद्रीप्रसाद पाण्डेले आइतबार भएको शान्तिपूर्ण प्रदर्शनमा प्रहरीले दमन गर्दा सञ्जीव बज्राचार्य, महेश्वर रञ्जितकारलगायत धेरै जना घाइते भएको भन्दै भत्र्सना गर्नुभयो । उहाँले विधेयक संविधान विपरीत भएको भन्दै सच्याउनसमेत माग गर्नुभयो । 
Categorized in राष्ट्रिय