relans
ni new 83
nib 2082 5

राष्ट्रिय चलचित्र पुरस्कार २०८०१ मा विपिन र स्वस्तिमा उत्कृष्ट बन्दा चैत्यदेवीलाई दीर्घ साधना सम्मान

Janjati Khabar – विजयरत्न असंबरे | २०८१ मङ्सिर १२, बुधबार

नेपाल सरकार सञ्चार तथा सूचना प्रविधि मन्त्रालय चलचित्र विकास बोर्डको आयोजनामा सम्माननीय राष्ट्रपति रामचन्द्र पौडेलको प्रमुख आतिथ्यमा राष्ट्रपतिको कार्यालय शीतल निवासमा  राष्ट्रिय चलचित्र पुरस्कार २०८१ भव्य रुपमा सम्पन्न भएको  छ ।  बुधवार सम्पन्न भएको ‘राष्ट्रिय चलचित्र पुरस्कार तथा सम्मान समारोह  २०८१’ मा अभिनेता विपिन कार्की र अभिनेत्री स्वस्तिमा खड्का उत्कृष्ट अभिनेता-अभिनेत्री घोषित भएका छन्। कार्कीले ‘प्रसाद २’ चलचित्र र खड्काले ‘दिमाग खराब’ चलचित्रबाट पुरस्कार प्राप्त गरेका हुन् ।  यस्तैगरी नेपाली चलचित्र इतिहासको पहिलो चलचित्र ‘आमा’ चलचित्र मा अामा को शिर्ष भुमिकामा अभिनय गरेकि   अभिनेत्री चैत्यदेवी सिंहलाई चलचित्र दीर्घ साधना सम्मान प्रदान गरिएको छ ।

सो समारोहमा उत्कृष्ट निर्देशकको पुरस्कार चलचित्र ‘दिमाग खराब’को लागि निश्चल बस्नेत जिते। सबैभन्दा धेरै पुरस्कार जितेको ‘बुलाकी’ले उत्कृष्ट चलचित्रसहित लेखनमा राजबहादुर साने र छायाङ्कनमा शिव ढकालले प्राप्त गरे। 

चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसी सभापति र सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङ विशेष अतिथिको रूपमा रहेको सो  समारोहमा नेपाली चलचित्र क्षेत्रका दिग्गज कलाकार, निर्माता, निर्देशक तथा पत्रकारहरूको सहभागिता रहेको थियो।

अवार्ड विजेताहरूको सूची:

• उत्कृष्ट चलचित्र: बुलाकी

• उत्कृष्ट अभिनेता: विपिन कार्की (प्रसाद २)

• उत्कृष्ट अभिनेत्री: स्वस्तिमा खड्का (दिमाग खराब)

• उत्कृष्ट निर्देशक: निश्चल बस्नेत (दिमाग खराब)

• उत्कृष्ट सम्पादक: मित्र डी गुरुङ (महाजात्रा)

• उत्कृष्ट छायाकार: शिव ढकाल (बुलाकी)

• उत्कृष्ट लेखन: राजबहादुर साने (बुलाकी)

• उत्कृष्ट आदिवासी मातृभाषी चलचित्र: लोजिमा (लिम्बु भाषा)

निर्णायक समिति प्रोत्साहन पुरस्कार

• अभिनेत्री: स्वस्तिमा कार्की (टुल्की)

• व्यावसायिक चलचित्र: जारी

विशेष योगदान सम्मान

• तैय्यव शाह – कलाकार

• कृष्ण प्रसाद रायमाझी – प्रदर्शक

• नारायण प्रधान – द्वन्द्व निर्देशक

• विद्या कार्की – कलाकार

• नरेन्द्र महर्जन – प्रदर्शक

• नन्द किशोर प्रसाद श्रीवास्तव – कलाकार/निर्माता

• भोज बहादुर गुरुङ – निर्देशक/निर्माता

• अमुल कार्की ढली – सङ्गीत संयोजक

• ध्रुव कुमार श्रेष्ठ – प्रदर्शक

• बुद्धि तामाङ – कलाकार

• सबिता गुरुङ – कलाकार

विशेष चलचित्र पुरस्कार

सतीदेवी, सुगुप (लिम्बु भाषा), र मार्कली (गुरुङ भाषा)

चलचित्र दीर्घ साधना सम्मान चैत्यदेवी

Categorized in सिनेमा
ppp 2