राष्ट्रिय पहिचान संरक्षण संयुक्त संघर्ष समिति द्धारा गुठि सम्पतिको विवरण माग गर्दै
Janjati Khabar – जनजाति खबर | २०७६ श्रावण ५, आइतबार
राष्ट्रिय पहिचान संरक्षण संयुक्त संघर्ष समितिले हालसम्म गुठी संस्थानले गरेका जात्रापर्व तथा सम्पत्ति विवरणबारे जानकारी माग गरेको छ।
अध्ययन प्रयोजनको लागि भन्दै समितिले जानकारी माग गरेको हो। त्रिपुरेश्वरस्थित संस्थानको कार्यालयमा समितिका संयोजक गणपतिलाल श्रेष्ठले संस्थानका अध्यक्ष मिनराज चौधरीलाई मागपत्र बुझाए।
यस्ता छन् समितिले मागेका जानकारी विवरणस्
१। २०२९ सालमा गुठी संस्थानको नाममा रहेको राज गुठी र छुट गुठीकामे जग्गाको कि।नं। र क्षेत्रफल र कुल संख्या
२। २०२९ सालमा गुठी संस्थाबाट संकलित रकम र खर्च रकम
३। मालपोतमा राज गुठीको सम्पत्तिको रुपमा रहेको जग्गाको विवरण र हाल सो जग्गा के कामको लागि प्रयोग भइरहेको छरु
४। मालपोतमा तछुट गुठीको सम्पत्तिको रुपमा रहेको जग्गाको विवरण र हाल सो जग्गा के कामको लागि प्रयोग भइरहेको छ रु
५। मालपोतमा निजी गुठीको सम्पत्तिको रुपमा रहेको जग्गाको विवरण र हाल सो जग्गा के कामको लागि प्रयोग भइरहेको छरु
मालपोतमा गुठी रैतान नम्बरी जग्गाको रुपमा कति जग्गा दर्ता छन् सो जग्गाको विवरण र हाल तीबाट कति मालपोत गुठी संस्थानले असुल गरिरहेको छरु
७। मालपोतमा गुठी नम्वरी जग्गाको रुपमा कति जग्गा दर्ता छन् सो जग्गाको विवरण र हाल तीबाट कति मालपोत गुठी संस्थानले बुझाउँदै आएको छ रु सो जग्गाहरु के प्रयोजनका लागि प्रयोग हुँदै आएका छन् सोको विवरण
८। मालपोतमा तैनाथी जग्गाको रुपमा कति जग्गा दर्ता छन् सो जग्गाको विवरण। सो के प्रयोजनका लागि प्रयोग हुँदै आएका छन्रु
९। मालपोतमा गुठी अधिनस्थ जग्गाको रुपमा कति जग्गा दर्ता छन् सो जग्गाको विवरण र हाल तीबाट कति जिन्सी गुठी संस्थानलाई बुझाउँदै आइरहेको छ रु सो जग्गाहरु के प्रयोजनको लागि प्रयोग हुँदै आएका छन् सोको विवरण
१०। २०२९ सालमा गुठी संस्थानको कुल सम्पत्ति कति थियो रु
११। २०३३ सालमा गुठी संस्थानको कुल सम्पत्ति कति थियो रु
१२। हाल गुठी संस्थानको कुल सम्पत्ति कति छरु
१३। गुठीको जम्मा कति जग्गाको मोहियानी हक कायम भएको छरु
१४। २०२९ सालदेखि हालसम्म जग्गा बढेको छ कि घटेको छ सो को कारण
१५। २०२९ सालपछि नेपाल सरकारले कति जग्गा अधिग्रहण गरेको छ र कति वटा जग्गाको क्षतिपूर्ति दिन बाँकी छरु
१६। हाल कुन कुन गुठीको कति जग्गा भाडामा दिइएको छ र सो जग्गाहरु के कामका लागि प्रयोग भएका छन् र सोबाट कति रकम वर्षमा गुठी संस्थाले असुल गर्छ र सो जग्गावाला गुठीको लागि खर्च गर्छ
१७। पूजा जात्रा पर्वमा गुठी संस्थानले परम्परा निरन्तरताको लागि कुन कुन गुठीलाई कति रकम दिँदै आएको छ।
Categorized in राष्ट्रिय