STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

राष्ट्रिय समाबेशी संगीत पुरस्कारको रुपमा निम अवार्ड सम्पन्न

Janjati Khabar – विजयरत्न असंबरे | २०७८ चैत्र २२, मंगलबार

गणतन्त्र नेपालका प्रथम उपराष्ट्रपति परमानन्द झाको प्रमुख आतिथ्यतामा सम्पन्न  नेपाली सांगीतिक इतिहासमा सबैभन्दा धेरै भाषाभाषीका कलाकारहरूको सहभागितामा हरेक वर्ष सम्पन्न भईरहेको नेपलको पहिलो राष्ट्रिय समाबेशी संगीत पुरस्कारको  पाँचौं संस्करणको  कार्यक्रम आइतबार सम्पन्न भयो। गणतन्त्र नेपालका प्रथम उपराष्ट्रपति परमानन्द झाको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा जम्मा ५१ विधामा विभिन्न अवार्ड वितरण गरिएको थियो ।

नेपाली बाहेक ६ वटा अन्य भाषामा प्रतिस्पर्धा भएर उत्कृष्टमा छनौट भएका विभिन्न भाषाभाषीका गीतहरुलाई उक्त समारोहमा अवार्ड प्रदान गरिएको पिम नेपालका अध्यक्ष माधवराज खरेलले बताए । त्यसैगरी यस वर्षको रजत सम्मानबाट वरिष्ठ गीतकार एवं साहित्यकार सुरेन्द्र महर्जन “अमर” सम्मानित भएका छन् । रंग पत्रकारितामा लामो समय कलम चलाएका बरिष्ठ पत्रकार कृष्ण भट्टराईलाई पिम नेपाल कला पत्रकारिता पुरस्कार प्रदान गरिएको छ भने लामो समय देखी मानव अधिकारका क्षेत्रमा सक्रिय अधिकारकर्मी दिर्घ राज जोशीलाई सेवा सम्मान, चर्चित संगीतकार दिपक शर्मालाई यूवा संगीत सम्मान, बालगायिका सफलता श्रेष्ठलाई बाल प्रतिभा सम्मानवाट सम्मान गरिएको थियो । भने अन्य विभिन्न क्षेत्रमा संलग्न व्यक्तित्वहरुलाई सम्मान एवं कदर गरिएको थियो ।

 

कार्यक्रमलाई नेपाल टेलिकम, एभरेष्ट वियर, गरिमा विकास बैंक, गोकर्णेश्वर नगरपालिका, वुढानिलकण्ठ नगरपालिका, घोडाघोडी नगरपालिका, साउथ वेष्टर्न कलेज, ओम समाज अस्पताल, व्ल्याकपर्ल कस्मेटिक, होटल आर्ट, गरिमा विकास बैंक, कुमारी बैंक, एस.मए.एस . सेक्यूरिटी एण्ड एच आर सोलुशन प्रा.लि., टिका गोपाल एम्. क्रियशन, डेल्फिक काउन्सिल, काठमाण्डौ महानगरपालिका लगायतको संघ संस्था तथा प्रतिष्ठानहरुको सहभागिता रहेको थियो ।

Categorized in उपत्यका