STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

रिहाइ माग्दै हरिसिद्धिमा मसाल जुलुस, पनौतीमा समेत जनप्रदर्शन

Janjati Khabar – जनजाति खबर | २०७७ भाद्र २५, बिहिबार

काठमाडौं – रातो मछिन्द्रनाथ (बुंगःद्यः) जात्राको क्रममा भएका झडपमा हिरासतमा लिइएका सम्पदा अभियन्ताहरुको रिहाइको लागि जनस्तरबाट व्यापक दबाबमूलक कार्यक्रमहरु भइरहेका छन् । यसक्रममा बुधबार साँझ ललितपुरको हरिसिद्धि (जल)मा मसाल जुलुस निकालिएको छ । हरिसिद्धिका स्थानीय युवाहरुको संलग्नतामा निकालिएको मसाल जुलुसले सम्पदा अभियन्ताहरको रिहाइ तथा राज्यले नेवार समुदायमाथि गरेको ज्यादतिविरुद्ध नाराबाजी पनि गरेका थिए । यसैगरी सम्पदा अभियन्ताहरुको रिहाइको माग्दै काभ्रे जिल्लाको पनौतीमा पनि स्थानीयले प्रदर्शन गरेका छन् । उपत्यकाबाहिरको नेवार समुदायले सम्पदा अभियन्ताहरुको रिहाइ माग्दै राज्यमाथि दबाब सिर्जना गर्न गरिएको सो प्रदर्शनमा स्थानीय युवाहरुको सक्रियता रहेको थियो । तस्बिर सौजन्य : बिके जल्मी/नेवाः म्हसीका फेसबुक
Categorized in राष्ट्रिय