STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

रिहा भइन् रामकुमारी झाँक्री, अभिव्यक्तिमा कुनै पश्चात्ताप नभएको प्रतिक्रिया

Janjati Khabar – Janjati Khabar | २०७७ माघ २९, बिहिबार

काठमाडौँ - नेकपा प्रचण्ड माधव समूहकी केन्द्रीय सदस्य रामकुमारी झाँक्रीलाई प्रहरीले रिहा गरेको छ । झाँक्रीमाथि लागेको अभियोगमा सोधपुछपछि कागज गराएर उनलाई बिहीबार साँझ छोडिएएको हाे।

उनी बिहीबार दिउँसो १ बजे घरैबाट पक्राउ परेकी थिइन् ।  पक्राउपछि उनलाई महानगरीय अपराध महाशाखा मिनभवनमा राखिएको थियो ।प्रहरीले झाँक्रीसँग राष्ट्रपतिलाई लक्षित गरी गोरखामा दिएको अभिव्यक्तिबारे जानकारी लिएको छ ।

झाँक्रीलाई पक्राउ विरोधमा विभिन्न क्षेत्रबाट चर्को विरोध र सरकारको आलोचना भइरहेको छ ।

प्रहरी हिरासतबाट रिहा भएकी प्रचण्ड–माधव समूहकी नेतृ रामकुमारी झाँक्रीले  राष्ट्रपति विद्यादेवी भण्डारीका गतिविधिप्रति आफूले दिएका अभिव्यक्तिमा कुनै पश्चात्ताप नभएको बताएकी छन् ।

रिहाइपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै झाँक्रीले अहिलेको लोकतन्त्रिक व्यवस्थाका लागि आफूहरू लडेको र आगामी दिनमा पनि लड्ने भन्दै झाँक्रीले भनिन्, ‘लोकतन्त्रको पक्षमा लडिरहेको मान्छे हो म । जसले संविधानको धज्जी उडाउँछ, विधिलाई मान्दैन त्यस्ता प्रवृत्तिको विरुद्ध आज पनि सडकमा छौं ।’

उनले संवैधानिक राष्ट्रपति संस्थाप्रति आफ्नो सधैं सम्मान रहेको र त्यसमा जाने व्यक्तिहरूको आलोचना गर्दा कुनै पश्चात्ताप गर्न नहुने  भनिन् । ‘संविधानले व्यवस्था गरिएको संवैधानिक पदहरूका प्रति हाम्रो जहिले पनि हाम्रो सम्मान छ रिहा भइन् रामकुमारी झाँक्री, 'कुनै पश्चाताप छैन'

काठमाडौँ - नेकपा प्रचण्ड माधव समूहकी केन्द्रीय सदस्य रामकुमारी झाँक्रीलाई प्रहरीले रिहा गरेको छ । झाँक्रीमाथि लागेको अभियोगमा सोधपुछपछि कागज गराएर उनलाई बिहीबार साँझ छोडिएएको हाे।

उनी बिहीबार दिउँसो १ बजे घरैबाट पक्राउ परेकी थिइन् ।  पक्राउपछि उनलाई महानगरीय अपराध महाशाखा मिनभवनमा राखिएको थियो ।प्रहरीले झाँक्रीसँग राष्ट्रपतिलाई लक्षित गरी गोरखामा दिएको अभिव्यक्तिबारे जानकारी लिएको छ ।

झाँक्रीलाई पक्राउ विरोधमा विभिन्न क्षेत्रबाट चर्को विरोध र सरकारको आलोचना भइरहेको छ ।

प्रहरी हिरासतबाट रिहा भएकी प्रचण्ड–माधव समूहकी नेतृ रामकुमारी झाँक्रीले  राष्ट्रपति विद्यादेवी भण्डारीका गतिविधिप्रति आफूले दिएका अभिव्यक्तिमा कुनै पश्चात्ताप नभएको बताएकी छन् ।

रिहाइपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै झाँक्रीले अहिलेको लोकतन्त्रिक व्यवस्थाका लागि आफूहरू लडेको र आगामी दिनमा पनि लड्ने भन्दै झाँक्रीले भनिन्, ‘लोकतन्त्रको पक्षमा लडिरहेको मान्छे हो म । जसले संविधानको धज्जी उडाउँछ, विधिलाई मान्दैन त्यस्ता प्रवृत्तिको विरुद्ध आज पनि सडकमा छौं ।’

उनले संवैधानिक राष्ट्रपति संस्थाप्रति आफ्नो सधैं सम्मान रहेको र त्यसमा जाने व्यक्तिहरूको आलोचना गर्दा कुनै पश्चात्ताप गर्न नहुने  भनिन् । ‘संविधानले व्यवस्था गरिएको संवैधानिक पदहरूका प्रति हाम्रो जहिले पनि हाम्रो सम्मान छ । त्यहाँ रहने व्यक्तिहरूका क्रियाकलापका प्रति आलोचना भएको हो । त्यसमा रिग्रेट गर्नुपर्ने कुरा केही पनि छैन,’ उनले भनिन्, ‘राष्ट्रपति सम्माननीय संस्था हाम्रो आन्दोलनद्वारा स्थापित गरिएको राष्ट्रको सर्वोच्च संस्था हो । संवैधानिक राष्ट्रपतिप्रति जहिले पनि सम्मान छ ।’ त्यहाँ रहने व्यक्तिहरूका क्रियाकलापका प्रति आलोचना भएको हो । त्यसमा रिग्रेट गर्नुपर्ने कुरा केही पनि छैन,’ उनले भनिन्, ‘राष्ट्रपति सम्माननीय संस्था हाम्रो आन्दोलनद्वारा स्थापित गरिएको राष्ट्रको सर्वोच्च संस्था हो । संवैधानिक राष्ट्रपतिप्रति जहिले पनि सम्मान छ ।’

Categorized in राजनीति