STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

रुपनीमा सवस्टेशन सञ्चालन

Janjati Khabar – जनजाति खबर | २०७६ जेठ १५, बुधबार

सप्तरीको विद्युत् आपूर्तिलाई विश्वसनीय र गुणस्तरीय बनाउन रुपनीमा १३२÷३३ केभी सवस्टेशन सञ्चालनमा आएको छ । नेपाल सरकार र नेपाल विद्युत् प्राधिकरणको रु ३६ करोडको लगानीमा निर्माण सम्पन्न भएको रुपनी सवस्टेशन मङ्गलबारबाट सञ्चालनमा आएको हो । अब पूर्वपश्चिम १३२ केभी राष्ट्रिय प्रसारण प्रणालीबाट प्रवाह भएको विद्युत्लाई रुपनी सवस्टेशनमार्फत सप्तरीमा आपूर्ति हुने प्राधिकरणले जनाएको छ । करीब २५ किलोमिटर पश्चिम रहेको सिरहाको लहानबाट ३३ केभी लाइनमार्फत विद्युत् ल्याएर रुपनीमा रहेको सवस्टेशनबाट सप्तरीको विभिन्न स्थानमा आपूर्ति भइरहेकामा मङ्गलबारदेखि पूर्वपश्चिम १३२ केभीमार्फत प्रवाह भएको विद्युत् रुपनी सवस्टेसनमार्फत सप्तरीमा वितरण हुन्छ । यसअघि लामो दूरीबाट विद्युत् आपूर्ति गर्दा कम भोल्टेज, प्राविधिक चुहावट, लाइन ट्रिप हुनेलगायतका समस्या रहेकामा अब सुधार हुने र उपभोक्ताले गुणस्तरीय विद्युत् प्रयोग गर्न पाउने बताइएको छ ।
Categorized in राष्ट्रिय