STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

रेशम चौधरीले गठन गरे नागरिक उन्मुक्ति पार्टी

Janjati Khabar – Janjati Khabar | २०७८ पौष १९, सोमबार

 

१९ पुस, काठमाडौं - निलम्बित सांसद रेशम चौधरीको नयाँ राजनीतिक दल ‘नागरिक उन्मुक्ति पार्टी’ दर्ताका लागि बाजागाजासहित नेताहरू निर्वाचन आयोगमा पुगेका छन् ।

कैलाली टीकापुर घटनामा दोषी ठहर भई कैद भुक्तान गरिरहेका चौधरीको समर्थित नेताहरू ‘नागरिक उन्मुक्ति पार्टी’ दर्ताका लागि आयोगको कार्यालय पुगेका हुन् । चौधरीकी श्रीमती श्रेष्ठ रञ्जिताको अध्यक्षतामा उक्त पार्टी दर्ता गर्न लागिएको हो ।

नयाँ पार्टी दर्ताका लागि निर्वाचन आयोग पुगेका चौधरीका समर्थकसँगै उनकी श्रीमती पनि छिन् । भृकुटीमण्डपमा भेला भएर उनीहरू बाजागाजासहित आयोग पुगेका हुन् । पछिल्ला केही दिनयता चौधरीको रिहाइको माग राखेर काठमाडौंमा प्रदर्शन भइरहेको छ ।

कैलाली–१ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित चौधरी टीकापुर घटनामा दोषी ठहर गरेपछि उनी अहिले पनि कैद भुक्तानका लागि कारगारमा छन् । उनी जेलमा रहँदा नै वारिसबाट उम्मेदवारी दिएर प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए ।

अहिले पनि जेलमा रहँदा नै उनको पार्टी दर्ता गर्न लागिएको हो ।

Categorized in राजनीति