रौटहटमा तनाव, १२ राउण्ड हवाइ फायर
Janjati Khabar – जनजाति खबर | २०७७ जेठ १६, शुक्रबार
काठमाडौं – कोरोना भाइरस संक्रमितको विषयमा रौतहटमा तनाव सिर्जना भएपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले १२ राउण्ड हवाइ फायर गरेको छ ।
कोरोना भाइरस संक्रमितलाई आइसोलेसनमा लैजान पुगेको प्रहरी र स्वास्थ्यकर्मीलाई स्थानीयले रोक्न खोजेपछि रौतहटको इशनाथ नगरपालिकामा तनाव भएको हो ।
इशनाथ नगरपालिका–७ को जोकाहास्थित अनवारुल इस्लामिक मदरसाको क्वारेन्टाइनमा राखिएका २ जनालाई आइसोलेसनमा लैजाने विषयमा विवाद भएपछि शुक्रबार बिहान तनाव भएको हो ।
दुई संक्रमितलाई अर्को स्थानमा रहेको आइसोलेसनमा लैजान पुगेका चिकित्सक र सुरक्षाकर्मीलाई स्थानीयले त्यहीँ राख्न माग गर्दै अवरोध गरेपछि तनाव भएको जिल्ला प्रहरी कार्यालय, रौतहटले जनाएको छ ।
आक्रोशित स्थानीयले प्रहरीको गाडीमा तोडफोडसमेत गरेका छन् ।
Categorized in राष्ट्रिय


