STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

लकडाउनमा ज्योति म्युजिक सिंगिंग स्टार प्रतियोगिता हुँदै

Janjati Khabar – विजयरत्न असंबरे | २०७८ जेठ २०, बिहिबार

यो लकडाउनको समयको सदुपयोग गर्न र आफू सँग भएको प्रतिभा प्रस्फुटन गरेर देखाउन ज्योति म्युजिकले  ज्योति सिंगिंग स्टार कन्टेस्ट को रुपमा एउटा सांगितिक प्रतियोगिताको योजना अगाडि ल्याएको छ । दुईवटा बिधा नेपालभाषा(नेवार) तथा नेपाली भाषा  समावेश हुने उक्त प्रतियोगिता जेष्ठ १३ गते बाट शुरु भईसकेको छ । यो प्रतिस्पर्धा मा भाग लिन चाहने प्रतियोगीहरुका गीतहरु ज्योति म्युजिक को अफिसियल युट्युब च्यानलमा मा अपलोड हुनेछ ।

यो प्रतियोगिता तीन वा चार चरणमा हुने कुरा आयोजक संस्थाका अमोघवीर बज्राचार्य ले जानकारी गराएका   छन् र यसको सबै सुचनाहरु ज्योति म्युजिक को अफिसियल फेसबुक र इन्स्टाग्रामको पेजको अपलोड हुनेछ ।

यो कन्टेस्टको छ्नौट प्रकृया र यसको सम्पुर्ण  निर्णय अनुभवी जजहरुको हातबाट हुनेछ । यस प्रतियोगितामा १३ बर्ष माथीका देश/बिदेशका जुनसुकै ब्यक्तिहरुले भाग लिन सक्नेछ । यसैगरी ज्योति म्युजिक को पेज तथा च्यानल अनिवार्य रुपमा लाइक , फलो र सब्सक्राइबगरेको हुनुपर्नेछ ।

यसैगरी यो प्रतियोगितामा नेपालभाषा र नेपाली भाषा  बिधामा प्रथम, दोस्रो र तेस्रो हुने तीन तीन जना सहभागी बिजेता गायक/गायिकाहरुले आफ्नो सोलो गीत रिकर्ड गर्ने मौका पाउनु हुनेछ साथ साथै छ जनाको गीतको म्युजिक भिडियो पनि ज्योति म्युजिक ले निर्माण गरिदिनेछ र उक्त भिडियो ज्योति म्युजिक को अफिसियल युट्युब च्यानलमा मा अपलोड हुनेछ। साथ साथै छ जना गायक/गायिकाहरुले अन्य बिभिन्न प्याकेजको पुरस्कार पनि पाउनु हुनेछ ।

यो प्रतियोगिता मा भाग लिन आफ्नो गीत ईमेल : jyotimusicnepal2020@gmail .com मा पठाउन अनुराेध गरिएको छ भने व्यक्तिगत रुपमा अमोघ वीर बज्राचार्य र मंजिल शाक्यसंग सम्पर्क राख्न सकिने बताइएको छ । यो प्रतियोगिता मा भाग लिने अन्तिम म्याद जेठ २७ गते तोकिएको छ । हालसम्ममा करिब चालिस जना कलाकारले यसमा आफ्नो गीत पठाइसकेका छन् ।

यस प्रतियोगिता का आयोजक तर्फका मन्जिल शाक्यका अनुसार    यस लकडाउनमा घरमा बसेर उकुसमुकुस हुनुभएका प्रतिभाहरुले आफुलाई मनपर्ने कुनै पनि नेपालभाषा वा नेपालीभाषाको गीत एकदमै राम्ररी गाएर  इमेल, ह्वाट्स्याप वा भाइबरमा   पठाउन सकिनेछ ।  यो प्रतियोगिता मा दुबै  भाषाका  बिधामा तीन तीन जना गायक/गायिकाले आफ्नै सोलो गीत गाउने अवसर पाउनुका   साथ साथै उक्त गीतको म्युजिक भिडियो र अन्य पुरस्कार प्रदान गरिने छ ।  यस विषयमा थप कुरा राख्दै मन्जिल शाक्यले, "   आफुमा रहेको प्रतिभा हामीलाई दिनुहोस् हामीले त्यसको सहि मुल्यांकन गर्नेछौं । ढुक्क हुनुहोस् हाम्रोले होईन राम्रोले जित्नेछ ।" भनि प्रतिस्पर्धा निष्पक्ष हुने दावी गर्नु भयाे ।

Categorized in साहित्य-कला