STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

लकडाउनले चलचित्र क्षेत्रमा पारेको असरबारे लेख्ने उत्कृष्ट पत्रकार पुरस्कृत

Janjati Khabar – जनजाति खबर | २०७७ श्रावण ३, शनिबार

विजयरत्न असंबरे
कोरोना भाइरसबाट जोगिन सरकारले लगाएको लकडाउन ले नेपाली चलचित्र क्षेत्रमा पारेको प्रभाव, उत्पन्न समस्या र त्यसको समाधानसहितको सोध खोज र वस्तुगत तथ्याङ्कमा आधारित प्रतिवेदन, लेख रचना तथा धारणा मध्ये उत्कृष्ट ठहरिएका लेख रचनालाई अाज एक कार्यक्रममा पुरस्कृत गरिएको छ । चलचित्र पत्रकार संघ नेपालले आव्हान गरे अनुसार संघमा प्राप्त भएका मध्ये छनौट समितिले मापदण्ड सहित मूल्याङ्कनको आधारमा ४ वटा लेखलाई उत्कृष्ट ठहर गरेको र सो विजेताहरुलाई पुरस्कार प्रदान गरिएको हो । जसमा पहिलो हुनु हुने ध्रुव लम्साललाई प्रमाणपत्र सहित रु. १५,०००, द्धितिय हुने बिष्णु शर्मालाई प्रमाण पत्र सहित रु. १०,०००, तृतिय र चतुर्थ हुनु हुने क्रमशः मनोज न्यौपाने र रीना मोक्तानलाई प्रमाण पत्र सहित जनही रु. ५००० का दरले प्रदान पुरस्कारहरु गरिएको हो । लेखरचनामा सहभागी र छनौट समितिलाई बधाई र धन्यवाद व्यक्त गर्दै संघका अध्यक्ष दिनेश सिटौलाले आगामी दिनमा सदस्यहरुका लागि भिडियो र फोटो पत्रकारितालाई प्रभाव रहने गरि पनि सोही प्रकृतिका प्रतिस्पर्धात्मक कार्यक्रमहरु संचालन गरिने प्रतिवद्धता व्यक्त गरे । नेपाली चलचित्र क्षेत्रको बर्तमान बस्तुस्थिती र अब कसरी यो क्षेत्र सहज हुन सक्छ भन्ने संभावनाहरुलाई पनि समावेश गरि चलाइएको यस्तो अभियानले चलचित्र पत्रकार हरुमा लेखन वृत्तिको अभ्यास र प्रोत्साहन हुने संघको ठहर छ । संघको कार्यलयमा सम्पन्न सो कार्यक्रममा छनौट समितिमा रहनु भएका विदुर गिरी, शान्तिप्रिय, दिपेन्द्र लामा, जिवन कुमार पराजुली र समीर बलामीलाई समेत धन्यवाद सहित प्रमाण पत्र प्रदान गरिएको छ भने पुरस्कार छनौट समितीका सदस्यहरुले छनौट प्रक्रिया बारे प्रकाश पारेका थिए ।
Categorized in सिनेमा