लकडाउन एक साता लम्ब्याउन सिफारिस
Janjati Khabar – जनजाति खबर | २०७७ बैशाख १४, आइतबार
काठमाडौं – कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणको लागि सरकारद्वारा गत चैत ११ देखि जारी लकडाउन अझै एक साताको लागि थप्न सिफारिस भएको छ ।
उच्चस्तरीय समन्वय समितिको कार्यदलले लकडाउन एक साता थप गर्नुपर्ने राय सरकारलाई दिएको छ ।
यसबारे आइतबार बस्ने मन्त्रिपरिषद्ले अन्तिम निर्णय गर्नेछ ।
कोरोना भाइरस कोभिड–१९ सम्बन्धी उच्चस्तरीय समन्वय समितिले लकडाउनकै कारण कोरोना नियन्त्रण प्रयासमा सफलता मिलिरहेको निष्कर्ष निकालेको थियो । यद्यपि बैठकमा केही हिमाली जिल्लामा लकडाउन खुला गर्ने, क्षेत्रगत रुपमा खुकुलो बनाउने लगायतका विकल्प समेत आएको थियो ।
Categorized in राष्ट्रिय


