STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

लकडाउन वैशाख ३ सम्म लम्बियो

Janjati Khabar – जनजाति खबर | २०७६ चैत्र २४, सोमबार

काठमाडौं– विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणको लागि अहिले जारी लकडाउन यही वैशाख ३ गतेसम्मको लागि लम्बिएको छ । सरकारले लकडाउन ८ दिन थप्ने निर्णय गरेको छ । मन्त्रीपरिषदको आज दिउँसो बसेको बैठकले लकडाउनको अवधि तेस्रो पटक बढाएको हो । पहिलो चरणमा चैत ११ देखि १८ गतेसम्म ‘लकडाउन’ गरिएको थयो भने दोस्रो निर्णयानुसार चैत २५ गतेसम्म लकडाउनको अवधि थपिएको थियो । आइतबार (चैत २३) गते बसेको कोरोना रोकथाम तथा उच्चस्तरीय समन्वय समितिको बैठकमा ‘लकडाउन’ ७ दिन थप गर्नको लागि सिफारिस गर्ने निर्णय भएको थियो ।
Categorized in राष्ट्रिय