STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

लकडाउन सहजीकरण गर्न बालुवाटारमा मन्त्रिपरिषद् बैठक सुरु

Janjati Khabar – जनजाति खबर | २०७७ जेठ २८, बुधबार

काठमाडौं - प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मन्त्रिपरिषद् बैठक सुरु भएको छ। प्रतिनिधिसभा बैठकमा बजेटमाथिको छलफल लम्बिएपछि बुधबार दिउँसो २ बजे बोलाइएको मन्त्रिपरिषद् बैठक साँझको लागि सरेको थियो। आजको मन्त्रिपरिषद बैठकमा लकडाउन सहजीकरणको विषयमा छलफल हुने र लकडाउन सहजीकरण गर्न छलफल जनाइएकाे छ । बैठकमा लकडाउनको मोडालिटीका विषयमा तयार भएको प्रस्तावमाथि छलफल हुन लागेको हो। केहीबेरअघि प्रतिनिधिसभामा बोल्दै प्रधानमन्त्री केपी ओलीले लकडाउनको मोडालिटी परिवर्तन गर्ने विषयमा निर्णय हुने जानकारी दिएका थिए। विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) संक्रमण र रोकथामा लागि २०७६ चैत ११ देखि सुरु भएको लकडाउन जेठ ३२ सम्म लम्बिएको छ। लकडाउन लम्बिदै जाँदा विभिन्न क्षेत्रका व्यवसायीले विरोध सुरु गरेपछि सरकारले मोडालिटीमाथि तयार भएका विभिन्न प्रस्तावमा छलफल सुरु गरेको हो। कतिपय ठाउँमा व्यवसायिले लकडाउन उलंघन नै गर्न थालेका छन्। कोरोनाका कारण सिर्जना भएको असहज अवस्थालाई कसरी सहज बनाउने भन्ने विषयमा सरकार गम्भीर रहेको र यस विषयमा मन्त्रिपरिषद्ले चाँडै निर्णय गर्ने प्रधानमन्त्रीले प्रष्ट पारिसकेका छन्। सरकारले कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समिति र क्राइसिस म्यानेजमेन्ट सेन्टर (सीसीएमसी)ले तयार पारेका लकडाउन मोडालिटीका विभिन्न चरणमाथि मन्त्रिपरिषद्ले छलफल गर्न लागेको हो। विभिन्न चरणमा लकडाउनलाई खुकुलो पार्न सकिने प्रस्ताव उच्चस्तरीय समिति र सीसीएमसीले प्रधानमन्त्री समक्ष पुर्याएको छ। सरकारले असार १ गतेदेखि निजी क्षेत्रलाई सुरक्षित ढंगले सञ्चालन गर्न दिने र कृषि क्षेत्रलाई खुला गर्ने तयारी गरेको छ। सँगै आन्तरिक उडानलाई सुरक्षित ढंगले खोल्ने र निश्चित प्रतिशत यात्रु राखेर मात्र सामाजिक दूरी कायम गर्दै सञ्चालन गर्नुपर्ने प्रस्ताव नयाँ मोडालिटीमा उल्लेख छ।
Categorized in राजनीति