STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

लक्की फिल्मी अवार्डमा कलाकारसहित अन्य विधाका व्यक्तित्वहरु सम्मानित हुने

Janjati Khabar – विजयरत्न असंबरे | २०८० भाद्र ७, बिहिबार

मोफसलमा रहेर नेपालको चलचित्र जगतको उत्थानमा सकृय  लक्की मिडिया हाउसले असोज पहिलो साता आयोजना गर्न लागेको अवार्ड कार्यक्रमका लागि लक्की फिल्मी अवार्डको तयारी तीव्र पारेको छ । यसै क्रममा कलाकारहरु सँग अन्तर्क्रिया, भेटघाटका गतिविधि हुदै आएका छन् ।

झण्डै दुई दर्जन कलाकारलाई विभिन्न विधामा अवार्ड दिने तयारी भैरहेको  अवार्ड वितरण कार्यक्रममा समाजमा उत्कृष्ट प्रशंसनीय काम गरेका व्यक्तित्वहरुलाई समेत सम्मान गरिने लक्की मिडिया हाउसका महाप्रबन्धक हरि कार्की 'लक्की' ले बताएका छन् ।

यसै क्रममा मोफसलमा रहेर पनि सक्रिय पत्रकारिता गरेका पत्रकार, स्वास्थ क्षेत्रमा योगदान पुर्याएका चिकित्सक, शिक्षा क्षेत्रमा योगदान गरेका शिक्षकलाई पनि सम्मान गरिने बताए । यस्तै चितवनको खेल जगतमा योगदान गरेका खेलाडी, उद्यमशिलता-रोजगारी प्रवर्द्धन गर्न योगदान गरेका व्यवसायीलाई सम्मान गरिने कुरा हरि कार्कीं ले जानकारी दिए ।

महाप्रबन्धक कार्कीले सिने क्षेत्रलाई स्वस्थ प्रतिस्पर्धाको वातावरण बनाउन गुणस्तरीय सिनेमा निर्माणका लागि अवार्ड कार्यक्रमले सघाउने बताए । अवार्ड वितरणका लागि नोमिनेसनको काम हुन थालेको छ। अवार्ड छनौटका लागि जूरी टिमले कार्यविधि बनाएर काम गर्न थालेको बताए । सो अवार्ड समारोहमा हल व्यवसायी सम्मान, चलचित्र बितरक सम्मान, समाजसेवी सम्मान जस्ता कार्यक्रमहरु पनि हुने भएको छ ।

Categorized in साहित्य-कला