STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

लक्की फिल्मी अवार्ड-२०८१ को तयारीमा लक्की मिडिया

Janjati Khabar – विजयरत्न असंबरे | २०८१ माघ ५, शनिबार

चितवन- चितवनको भरतपुरमा रहेको मोफसल कै चर्चित लक्की मिडिया हाउसले आगामी फागुन २५ गते लक्की फिल्मी अवार्ड २०८१ गर्ने भएको छ । ‘चलचित्र उद्योगको प्रर्वद्धन, प्रोत्साहन, कलाकारलाई हौसला र सम्मान’ भन्न मूल नाराका साथ आयोजना गर्न लागिएको अवार्डका लागि तयारी थालिएको छ ।

लक्की मिडिया हाउस चितवनका महाप्रबन्धक हरि कार्की ‘लक्की’ ले फिल्म अवार्डलाई भव्य रुपमा सम्पन्न गर्नका लागि कलाकार, समाजसेवी, व्यवसायीहरुसँग सुझाव संकलन अभियान चलाएको बताउनु भयो । लक्की मिडिया हाउस चितवनले आयोजना गर्ने फिल्मी अवार्डलाई लिएर सिने क्षेत्रका अग्रज, समाजसेवी, व्यवसायीहरु सबै उत्साहित रहेको कार्कीले बताउनुभयो । “हामीले फिल्मी अवार्डलाई भव्य र सभ्य बनाउन सुझाव संकलन तीव्र पारेका छौँ”, उहाँले भन्नुभयो, “हामी सँग छलफलका क्रममा सबै उत्साहित हुनु हुन्छ, अवार्डले सिने जगतमा चितवनको थप पहिचान कायम हुनेछ ।”

लक्की फिल्मी अवार्डका क्रममा चलचित्र क्षेत्रसँग सम्बन्धित विभिन्न २४ विधामा कलाकारहरूलाई सम्मान गरिने महाप्रबन्धक कार्कीले बताउनुभयो । सिने क्षेत्रलाई स्वस्थ प्रतिस्पर्धाको वातावरण बनाउन गुणस्तरीय सिनेमा निर्माणका लागि अवार्ड कार्यक्रमले सघाउने उहाँको विश्वास छ । फिल्मी अवार्ड तथा सम्मान कार्यक्रमलाई चितवनको गौरव र गरिमामय कार्यक्रमको रुपमा अगाडि बढाउँदै बर्सेनि सम्मानको कार्यक्रमलाई निरन्तरता दिइने उहाँको भनाइ छ ।

फिल्मी अवार्ड वितरण कार्यक्रममा लामो समयदेखि काम गर्दै आएका पत्रकार, मानविय सेवामा समर्पित व्यक्तित्व, व्यवसायी, चिकित्सक, स्वास्थ्यकर्मी, समाजसेवी, शिक्षक, खेलाडी लगायतको हौसलाका लागि उनीहरुको प्रतिनिधित्व हुने गरी एक/एक जना व्यक्तिलाई सम्मान समेत गरिने महाप्रबन्धक कार्कीले बताउनुभयो ।

Categorized in साहित्य-कला