लक्की मिडिया हाउसको भित्तेपात्रो विमोचन
Janjati Khabar – विजयरत्न असंबरे | २०७८ चैत्र २५, शुक्रबार
चितवनको सञ्चार क्षेत्रमा अग्रणी स्थान ओगटन सफल मौफसलकै चर्चित सन्चार गृहको रूपमा रहेको लक्की मिडिया हाउस चितवनले नयाँ वर्ष २०७९ को भित्तेपात्रो प्रकाशनमा ल्याएको छ । सो भित्तेपात्रोको नेपाली कांग्रेसका पूर्व महामन्त्री डा शशांक कोइराला, नेपाल चलचित्र कलाकार संघका महासचिवमा चेतबहादुर सिंह "राजा" तथा लक्की मिडिया हाउस चितवनका महाप्रबन्धक हरि कार्की 'लक्की' ले संयुक्त रुपमा एक कार्यक्रमकाबीच काठमाडौंमा विमोचन गर्नुभएको हो ।
मिडिया हाउसका महाप्रबन्धक हरि कार्की "लक्की"ले मिडिया हाउसले नागरिकको सुसुचित हुने अधिकारलाई शिरोपर गर्दै कर्तव्यपथबाट विचलित नभएको बताउनुभयो । मिडिया हाउसको स्थापनादेखिनै भित्तेपात्रो प्रकाशन गर्दै आएको भन्दै कार्कीले यसलाई निरन्तरता दिन सहयोग पुर्याउने सबै प्रति आभार प्रकट गर्नुभयो । कार्यक्रममा कलाकार, नेता तथा कार्यकर्ताको सहभागिता रहेको थियो । कार्यक्रमको सहजीकरण कमल खड्काले गर्नुभएको थियो ।
स्थानीयदेखि राष्ट्रिय स्तरका सबै मिडिया सेवा प्रदान गर्दै आएको लक्की मिडिया हाउसले विभिन्न कार्यक्रमहरुको पत्रकार सम्मेलनसँगै व्यवस्थापन पनि गर्दै आएको छ । नेपाली सिनेमा बजारको प्रचार र सिनेमा क्षेत्रको प्रवद्धनको लागि निरन्तर लक्की मिडिया हाउस चितवनले विभिन्न नेपाली चलचित्रहरुको कलाकाहरुको साथमा रेड कार्पेट प्रिमियर शो, प्रिमियर शो, विशेष शो , च्यारीटी शो, एकल साँझ, विभिन्न सांगितिक कार्यक्रम र अवार्ड लगायत अन्य कार्यक्रमहरु गर्दै आएको छ ।
मिडिया हाउसद्धारा हाल चितवन खबर अर्ध साप्ताहिक र ईचितवन खबर डट कम सञ्चालनमा छन् ।
Categorized in राष्ट्रिय

