STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

लघुकथासङ्ग्रह ‘घाम’ लोकार्पित

Janjati Khabar – जनजाति खबर | २०७६ जेठ ५, आइतबार

साहित्यकार सुष्मा मानन्धरको  लघुकथासङ्ग्रह ‘घाम’ आज लाकोर्पण गरिएको छ ।  नेपाल प्रज्ञा–प्रतिष्ठान,  गद्य तथा आख्यान विभाग प्रमुख माया ठकुरी, लघुकथा समाजका अध्यक्ष श्रीओम रोदन, साहित्यकार अशेष मल्ललगायतले पुस्तक विमोचन गर्नुभयो । 
सो अवसरमा प्राज्ञ ठकुरीले कथा पढ्न शुरु गरेपछि एकपछि अर्को गरी सबै पढ्न मन लाग्ने बताउनुभयो । “कथाहरु निकै चाखलाग्दा छन्” उहाँले भन्नुभयो, “उपयुक्त शीर्षक राखेर सरल भाषामा लेखिएको छ ।” 
  साहित्यकार मल्लले कुनैकुनै कथामा शिल्प नपुगे पनि तुलनात्मक रुपमा राम्रा रहेको बताउनुभयो । उहाँले केही कथाका विषयवस्तु उपन्यास बन्ने खालका रहेको बताउँदै कथाले समाजको वास्तविक चित्रण गरेको बताउनुभयो । पाठकहरु धेरै चलाख भइसकेकाले लेखकहरुले कृति लेख्न शुरु गर्ने बेलादेखि नै शैलीमा ध्यान दिनुपर्नेमा उहाँले जोड दिनुभयो ।
  अर्का टिप्पणीकार प्रा डा लक्ष्मणप्रसाद गौतमले कथा परिपक्क छ भन्दै  सङ्ग्रहको नाम राख्दा सबै कथाको प्रतिनिधित्व हुने हिसाबले राख्नुपर्ने बताउनुभयो । “कथाहरु पढ्दा भाषागत त्रुटिहरु भेटिन्छन्”, उहाँले भन्नुभयो, “व्यङ्ग्यात्मक शैलीमा लेखिएको कथासङ्ग्रहका अरु सबै पक्ष राम्रा छन् ।” 
समाजका अध्यक्ष श्रेष्ठले लघुकथाप्रतिको आकर्षण बढिरहेका बेला प्रकाशित ‘घाम’ पाठकको रोजाइ बन्नेमा आफू विश्वस्त रहेको बताउनुभयो । 
लेखक मानन्धरले  समाजका जल्दाबल्दा विषयवस्तुलाई कथाका माध्यमबाट उठान गरेको बताउँदै सबैका सल्लाह सुझाव समेट्दै अर्को कृतिलाई थप परिमार्जन गरी प्रकाशनमा ल्याइने प्रतिबद्धता व्यक्त गर्नुभयो । कार्यक्रममा साहित्यकार पुष्पराज भट्टराई र  तुल्सीहरि कोइरालाले शुभकामना मन्तव्य राख्नुभएको थियो ।  
Categorized in राष्ट्रिय