STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

लडकडाउन थप्ने सरकारको तयारी, भारतमा वैशाख २१ सम्म लम्बियाे

Janjati Khabar – जनजाति खबर | २०७७ बैशाख २, मंगलबार

काठमाडौं– कोभिड १९ कोरोना भाइरस रोकथामको लागि सरकारले वैशाख ३ गतेसम्म लम्ब्याएको लकडाउन पुनः थपिने तयारी हुँदैछ । लकडाउन कति दिन लम्ब्याउने भन्ने विषयमा मंगलबार बैशाख २ गते बस्ने मन्त्रिपरिषद्को बैठकमा छलफल हुने एक मन्त्रीले जनाएको छ । ती मन्त्रीले जनाएअनुसार लकडाउन १० दिनसम्म थप्न सकिन्छ । पछिल्लो अवस्था हेर्दा लकडाउन थपिए अझै कडा हुने अवस्था रहेको छ । मंगलबार बिहान ११ बजेदेखि बसिरहेको बैठकमा यसबारे निर्णय हुनेछ । यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रको नाममा सम्बोधन गर्ने क्रममा अझै केही हप्ता कष्टपूर्ण हुनसक्ने बताएका थिए । ओलीले वैशाख दोस्रो सातासम्म लकडाउन लम्बिने संकेत गरेका थिए । गत शनिबार सातै प्रदेशका मुख्यमन्त्रीहरुसँगको भिडियो कन्फरेन्समा मुख्यमन्त्रीहरुले लकडाउन थपी अझ कडा बनाउनुपर्ने सुझाव प्रधानमन्त्रीलाई दिएका थिए । उनीहरुले भारतीय सिमाना कडाइ गर्न पनि सुझाएका थिए ।

भारतमा  लकडाउन लम्बियाे

भारतले पनि जारी लकडाउनलाई लम्ब्याएर वैशाख २१ गते (मे ३) सम्मकाे पुर्याएकाे छ । भारतका मुख्यमन्त्रीहरुले लकडाउन लम्ब्याउन प्रधानमन्त्री नरेन्द्र मोदीलाई सुझाएका थिए । कोरोना भाइरसबाट सबैभन्दा बढी प्रभाव पारेको भारतको महाराष्ट्र राज्यमा अप्रिल ३० सम्म लकडाउन लम्ब्याइएको छ । प्रधानमन्त्री मोदीले मंगलबार बिहान १० बजे राष्ट्रको नाममा सम्बोधन गरी लकडाउन थपिएको घोषणा गरेको हो । भारतले लकडाउन लम्ब्याएसँगै यसको प्रभाव नेपालमा पनि पर्ने ती मन्त्रीले जनाएको छ । भारतसँगको खुला सिमाना रहेकोले नेपालको लागि ती सिमानाका कारण कोरोना संक्रमणको त्रास कायमै रहेकोले सीमा बन्द गर्नुको विकल्प नरहेको बताएको छ ।
Categorized in राष्ट्रिय