STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

ललितकला विकासका लागि रकम अभाव छः कर्माचार्य

Janjati Khabar – जनजाति खबर | २०७६ बैशाख १३, शुक्रबार

नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान९नाफा०को नवौँ प्राज्ञसभा आज यहाँ शुरु भएको छ ।  संस्कृति, पर्यटन तथा नागरिक उडड्यन राज्यमन्त्री धनबहादुर बुढाले शुभारम्भ गर्नुभएको उक्त सभामा  प्रतिष्ठानको कार्य प्रगतिको समीक्षा, भावी योजनाका लागि बजेट तथा गतिविधिबारे छलफल गरिने छ । 
सो अवसरमा राज्यमन्त्री बुढाले पूर्वजले सिर्जना गरेका कलाको महत्व भएकाले तिनको संरक्षण गर्नुपर्नेमा जोड दिनुभयो । सबै जाति, समुदायका कला तथा संस्कृतिले भरिएको हाम्रो मुलुकले अन्तर्राष्ट्रिय तहमा विशिष्ट पहिचान बनाएको बताउँदै उहाँले देशभरका ललितकलाकर्मीलाई एकीकृत गरी उनीहरुका सिर्जनालाई प्रवद्र्धन गर्न नाफाले भूमिका निर्वाह गर्नुपर्ने बताउनुभयो । 
नाफाका कुलपति केके कर्माचार्यले कलासाहित्यका माध्यमबाट देशलाई आर्थिक समृद्धितर्फ लैजान सकिने विचार व्यक्त गर्दै ललितकलाको समुन्नतिका लागि विभिन्न परियोजना कार्यान्वयनका लागि स्रोतको अभाव रहेको जानकारी दिनुभयो । 
उपकुलपति गोपाल चित्रकारले प्रतिष्ठानलाई प्रदेशस्तरमा विकास गरी स्थानीय तहदेखि नै ललितकला क्षेत्रलाई संरक्षण गर्नका लागि गृहकार्य भइरहेको बताउनुभयो । सदस्य सचिव विपीन घिमिरे र जनसांस्कृतिक महासंघका अध्यक्ष खगेन्द्र राईले नेपाली कला क्षेत्रले विश्वकला जगत्मा प्रतिस्पर्धा गर्न सक्ने सम्भावना रहेकाले त्यसका लागि सरकारले लगानी वृद्धि गर्नुपर्नेमा जोड दिनुभयो । नाफाले प्रत्येक वर्ष मार्च ११ मा अरनिको स्मृति दिवस मनाउने निर्णय पनि गरेको छ ।
नाफाको आयोजनामा हरेक वर्ष हुने राष्ट्रिय कला प्रदर्शनी आगामी जेठ २ गतेदेखि हुने भएको छ । प्रदर्शनीका अवसरमा उत्कृष्ट विभिन्न कलालाई विधागत रुपमा पुरस्कृत गरिने छ । सो अवसरमा अरनिको पुरस्कार, ललितकला पत्रकारिता पुरस्कार आदि पनि प्रदान गरिने जनाइएको छ ।
Categorized in राष्ट्रिय