STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

ललितपुरकाे लेलेमा महिलाकाे शव भेटियाे

Janjati Khabar – जनजाति खबर | २०७७ भाद्र २०, शनिबार

काठमाडाैं – ललितपुरकाे लेलेकाे ज‌ंगलमा एक महिलाकाे शव शनिबार बिहान भेटिएकाे छ । शवलाई पोष्टमार्टमका लागि पाटन अस्पताल लगिएकाे छ । महिलाकाे शरीरमा अन्य चोटपटक नदेखिएको जनाइएकाे छ । मृतक महिला ललितपुरस्थित अल्का अस्पतालकी कर्मचारी ३९ वर्षीय गीता केसी भएकाे खुलेकाे छ । उनकाे हत्या गरी शव फालिएकाे हुनसक्ने प्रहरीले प्रारम्भिक अनुमान गरेकाे छ । प्रारम्भिक अनुसन्धानमा गीताको घाँटी थिचेर हत्या गरिएको हुनसक्ने देखिएको छ । केसीको परिवारले उनी हराएको भन्दै तीन दिनअघि महानगरीय प्रहरी परिसर, ललितपुरमा उजुरी दिएको थियो । हत्याकाे आश‌ंका भएपछि केसीको घर रहेको भैंसीपाटी क्षेत्रबाट भतिजा निर्मल केसीलाई अनुसन्धानका लागि पक्राउ गरिएकाे छ । उनलाई अहिले ललितपुर प्रहरी परिसर, जावलाखेलको हिरासतमा राखेर अनुसन्धान थालिएको छ ।
Categorized in अपराध-दुर्घटना